PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

डिपिएल चैत १७ बाट, विजेतालाई २५ लाख रुपैयाँ



पहिलोपोस्ट

डिपिएल चैत १७ बाट, विजेतालाई २५ लाख रुपैयाँ

काठमाडौं : धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करण आउँदो चैत १७ गतेबाट सुरु हुने भएको छ। विजेताले २५ लाख रुपैयाँ सहित उपाधी पाउने प्रतियोगितामा ६ शहरका ६ वटा टिम सहभागी हुनेछन्।

आयोजकले आज पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार प्रतियोगितामा सहभागी हुने प्रत्यक टीममा दुई विदेशी खेलाडी हुनुपर्नेछ। त्यसैगरी ट्यालेन्ट हन्टबाट एक खेलाडी अनिवार्य राख्नुपर्नेछ। 

प्रतियोगिताको उप विजेताले १० लाख रुपैयाँ पाउने छ। साथै प्रतियोगिताको बेस्ट प्लेयरले एउटा मोटरसाइकल पाउने जनाइएको छ।
प्रतियोगिता हेर्न चाहनेका लागि इसेवा मार्फत् टिकट बिक्रीको व्यवस्था गरिएको छ। यसका लागि आयोजकको इसेवासँग सम्झौता भएको छ। डिपिएलका तर्फबाट सुवास राई र इसेवाका तर्फबाट अस्गर अलीले सम्झौतापत्र आदानप्रदान गरेका थिए। 

यसअघिको संस्करणमा चौराह टिम धनगढीले विराटनगर किंग्सलाई पराजित गर्दै पदक सुरक्षित गरेको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell