काठमाडौं : नेपाली राष्ट्रिय फुटबलर रोहित चन्दले इन्डोनेसियाली क्लब पर्सिजा जाकार्ताबाट अझै एक वर्ष खेल्ने भएका छन्।
बिहीबार पर्सिजासाग एक वर्षको सम्झौता थप गरेपछि रोहितले एक सिजन सोही क्लबमा खेल्ने भएका हुन्।
रोहितका दाजु रोविन ठकुरीका असार रोहित र पर्सिजाबीच एकवर्षको लागि सम्झौता थप भएको हो।
२०१८ को सिजनका लागि रोहितलाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको क्लबले अफिसियल वेवसाइटमा जनाएको छ। यस्तै रोहितको क्षमतावान खेलाडी रहेकाले पर्सिजा फेरी पनि रोहितसँग काम गर्न इच्छुक रहेको उल्लेख छ।
रोहितले इन्डोनेसियाको पहिलो श्रेणीको क्लब पर्सिजामा गत सिजन उत्कृष्ट प्रदर्शन गरेका थिए।
प्रशिक्षक तेकोले अन्य दुई विदेशी खेलाडी राम्रो रहेको तर आफूले चाहेजस्तो फिट नभएकवले रोहितलाई चुज गरेको प्रतिक्रिया दिएका छन्। रोहितलाई अनुबन्ध गरेपछि पर्सिजाको विदेशी खेलाडीमा मार्को सिमिच र जइमरसन दा शिल्भा ज्याभिएरर रहनेछन्। पर्सिजालाई अझै एक विदेशी खेलाडी चाहिने क्लबले जनाएको छ।
गत सिजन इन्डोनेसियाली लिगको चौथो स्थानमा रहेको पर्सिजाले यो सिजनको एएफसी कपको समूह चरणमा सोझै प्रवेश पाएको छ। अब रोहितले पनि एएफसी कप खेल्न पाउनेछ।