काठमाडौं : दिदी गीता थापामगर र बहिनी बिमला थापा मगर राखेप च्याम्पियनसिपअन्तर्गत भइरहेको २७औं पुरुष तथा आठौं महिला खुला बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा भिड्ने भएका छन्। महिला ५१ केजी तौल समूहको क्वाटरफाइनलमा जित हात पार्दै दिदी बिहनीले सेमिफाइनल भेट पक्का गरे।
आर्मीकी गिताले भक्तपुरकी अस्मिता दुवाललाई अंकको आधारमा हराईन्। त्यस्तै मध्यपश्चिमाञ्चलकी बिमलाले कैलालीकी हरिना अयरलाई अंकका आधारमा हराउँदै सेमिफाईनलको यात्रा तय गरिन्।
महिला ४६ देखि ४८ केजी तौल समूहमा आर्मीकी ललिता महर्जन, पुलिसकी दिवाना शेर्पा, भक्तपुरकी सर्मिला लामा र एपीएफकी नङजा बुढामगर सेमिफाइनलमा प्रवेश गरेका छन्।
बिर्तामोड बजारमा भएको पुरुषतर्फको प्रि–क्वाटर खेलबाट सफलता हात पादै ५६ केजी तौल समुह एपीएफका पुरन राई, झापा दमकका सन्देश राई, बाँकेका नवीन घर्ती, कास्की, दिनेश बानियाँ भक्तपुर प्रकाश कुमार विष्ट, दागंका प्रेम चौधरी सुर्खेतका प्रकाश तारुगं र त्रिभुवन आर्मीका विमल रोक्का क्वाटर फाईनलमा प्रवेश गरेका छन्।
तयस्तै ६० केजी तौल समुहमा प्रकाश लिम्बु इजम झापा, प्रकाश भट्टराई टिका, अविशेख शाही ठकुरी विटीएफसी, सजन गिरी जुम्ला, जेनिस राई अल्टिम, दिनेश श्रेष्ठ नेपाल पुलिस, योगेन्द्र बुद्ध मगर अल्फा, एक बहादुर घले त्रिभुवन आर्मी, सविन गुरुङ कास्कीले पनि क्वाटरफाइनलको यात्रा पक्का गरेका छन्।
पुरुष ६९ केजी तौल समुहमा सन्देश लिम्बु सुनसरी, विशाल श्रेष्ठ नेपाल पुलिस क्वाटरफाइनलमा प्रवेश गरेका छन्।