काठमाडौं : कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवशको अवसरमा आज चियापान कार्यक्रम गरेको छ।
कार्यक्रममा अध्यक्ष थापाले नेपाली जनताको सहयोगमा पृथ्वीनारायण शाहले सानासाना राज्यमा विभाजित मुलुकलाई एकीकरण गरेको र नेपाल र नेपाली जनतालाई नेपाली नाम र पहिचान दिएको सम्मानमा राष्ट्रिय एकता दिवश मनाएको बताए।
विगतमा पनि राष्ट्रिय एकता दिवश मनाउने प्रयास भएको उल्लेख गर्दै उनले भने, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय निर्माता र राष्ट्रिय एकताको सम्मानमा आजको दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने निर्णय गरेको हो।’
राष्ट्रिय एकता दिवश मनाउन सरकारले सार्वजनिक विदा दिने निर्णयलाई सबै दलहरुले समेत स्वागत गरेको थापाले बताए।
उनले पृथ्वीनारायण शाहको योगदानलाई कुनै राजनीतिक व्यवस्था वा कुनै संस्थासँग गासेर र्हेन नहुने बताए।