PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

कोपा डेल रे : क्वाटरफाइनल पहिलो लेगमा बार्सिलोना र एथ्लेटिको मड्रिड पराजित, मेसीले पेनाल्टी गुमाए



पहिलोपोस्ट

कोपा डेल रे : क्वाटरफाइनल पहिलो लेगमा बार्सिलोना र एथ्लेटिको मड्रिड पराजित, मेसीले पेनाल्टी गुमाए

खेल सकिन दुई मिनेट अगाडी गोल खाएपछि कोपा डेल रे अन्तर्गत क्वाटरफाइनल पहिलो लेगमा लिग लिडर बार्सिलोना र एथ्लेटिको मड्रिड पराजित एका छन्।

लियोनल मेसीले पेनाल्टी गुमाएको क्याटालान डर्बीमा बार्सिलोना स्पानयोलसँग १-० ले पराजित भएको हो। स्पानयोलका लागि घरेलु मैदानमा ८८औँ मिनेटमा ओस्कार मेलेन्डोले गोल गरे। त्यसअघि लियोनल मेसीले ६२औँ मिनेटमा पेनाल्टीमा गोल गर्न असफल हुँदा बार्सिलोनाले अग्रता लिने अवसर गुमाएको थियो।

उता अर्को खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा एथ्लेटिको सेभियासँग २-१ ले पराजित भयो। सेभियालाई पुनरागमन जित दिलाउन ८८औँ मनेटमै जाओक्विन कोरअले विजयी गोल गरे।

त्यसअघि घरेलु मैदान मिडएगो कोस्टाले गोल गर्दै एथ्लेटिकोलाई ७३औँ मिनेटमा अग्रता दिलाएका थिए। तर ८०औँ मिनेटमा वैकल्पिक खेलाडी जेसस नाभासले बराबरी गोल फर्काएका थिए।

यस्तै भ्यालेन्सियाले पनि एक गोलले पछि परेको स्थिती उल्टाउँदै अलाभेजलाई २-१ ले पराजित गरेको छ। रुबेन सोब्रिनोले ६६औँ मिनेटमा गोल गर्दै अलाभेजलाई अग्रता दिलाएका थिए। तर ७३औँ मिनेटमा गोन्सालो गएडेसले भ्यालेन्सियाका लागि बराबरी गोल फर्काए।

७७औँ मिनेटमा एड्रिएन डिएग्वेजले दोहोरो पहेँको कार्ड खाँदै मैदान बाहिरिएपछि अलाभेज दश खेलाडीमा झर्‍यो। त्यसैको फाइदा उठाउँदै रोड्रिगोले ८२औँ मिनेटमा गोल गर्दै भ्यालेन्सियालाई जित दिलाए।

क्वाटरफाइनल दोस्रो लेगका खेलहरु जनवरी २३ र २४ मा हुनेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell