PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

अस्थायी राजधानी विवादमा डोटीमा उग्र प्रदर्शन, अश्रुग्यास प्रहार, १३ जना घाइते



रासस

अस्थायी राजधानी विवादमा डोटीमा उग्र प्रदर्शन, अश्रुग्यास प्रहार, १३ जना घाइते

डोटी : सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ। 

क्षेत्रीय प्रशासन कार्यालय दीपायललगायत अन्य क्षेत्रीय कार्यालयमा ढुंगामुढा, तोडफोड र आगजनी गर्न थालेपछि आज प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै १३ सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ। 

दोहोरो झडपमा परी चार जना आन्दोलनकारी, पाँच जना नेपाल प्रहरी र चार जना सशस्त्र प्रहरीका जवान घाइते भएको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए। 

घाइतेमध्ये दीपायल सिलगढी नगरपालिका– ४ का भरत विकको अवस्था गम्भीर भएकाले उपचारका लागि उनलाई धनगढी पठाइएको छ । 

यस्तै केआइसिंह– ७ का वृद्ध करी भण्डारी, दीपायल सिलगढी नगरपालिका– १ का नारायण खड्का र पुष्कर द्वारिया घाइते छन् । उनीहरुको दीपायलस्थित सुजंग अस्पतालमा उपचार भइरहेको छ। 

अन्य दर्जनौँ मानिसलाई चोटपटक लागेको छ। सयौँको संख्यामा आएको आन्दोलनकारीको भीडमा बढीजसो महिला थिए। आक्रोशित आन्दोलनकारीले तीन वटा प्रहरी बिट र सडक कार्यालयको टिपरमा समेत तोडफोड गरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell