PahiloPost

Sep 17, 2024 | १ असोज २०८१

पूर्वडिआइजी सिलवालले भने ‘प्रतिशोध साध्न नौटंकी प्रदर्शन हुँदैछ’



पहिलोपोस्ट

पूर्वडिआइजी सिलवालले भने ‘प्रतिशोध साध्न नौटंकी प्रदर्शन हुँदैछ’

काठमाडौँ: पूर्वडिआइजी एवं नेकपा एमालेका तर्फबाट ललितपुर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नवराज सिलवालले राजनीतिक प्रतिशोधका लागि सरकारले आफूमाथि नौटंकी गरिरहेको बताएका छन्। आइजिपी बढुवाको विवादमा अदालतमा पेश गरेको कार्यसम्पादन मूल्याङ्कन किर्ते गरेको आरोप खेपिरहेका सिलवालले विपक्षीले आफूमाथि प्रहार गर्न नौटंकी गरिरहेको बताएका हुन्।

शुक्रबार बिहान ट्वीट लेख्दै सिलवालले भनेका छन् ‘म जनताको प्रतिनिधि हुँ र कानुनको परिपालक एक जिम्मेवार नागरिक हुँ। समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षीलाई प्रहार गर्ने जुन नौटंकी प्रदर्शन हुँदैछ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ।’

किर्ते मुद्दा अनुसन्धानका लागि प्रहरीले सिलवालाई हाजिर हुन तोकता गरिरहेको छ। प्रहरीले सातै प्रदेशमा सिलवाल पक्राउका लागि पत्राचार समेत गरिसकेको छ। बुधबार मात्रै प्रहरीले सातै प्रदेशमा पत्राचार गरेको थियो।

सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गरेका सिलवाल प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि सम्पर्कमा छैनन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell