PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

ढोरपाटन महिला डबल लिग : न्यु डायमण्ड र टप्स उच्चमाको अपराजित यात्रा कायमै



पहिलोपोस्ट

ढोरपाटन महिला डबल लिग : न्यु डायमण्ड र टप्स उच्चमाको अपराजित यात्रा कायमै

काठमाडौं : शिवम् न्यु डायमण्ड र टप्स उच्चमाबीले ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगितामा मंगलवार जित पारेका छन्। न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै ६ खेलबाट १८ अंक बनाएको छ। डायमण्डले पुलिसलाई पहिलो र दोश्रो सेटमा २५–१७, २५–१५ ले हरायो। प्रतिस्पधात्मक बनेको तेश्रो सेट पुलिसले ३१–२९ ले जित्दै खेलमा पर्कने आश जगाएको थियो। तर चौथो सेटमा डायमण्डले पुलिसलाई २५–१७ को स्कोरमा हराउँदै ३ अंक जोड्न सफल भयो।

अर्को खेलमा पश्चिमाञ्चलको टप्सले मेघौली स्पोर्टस्लाई २५–८, २५–१३, २६–२४ को सोझो सेटमा हरायो। जितपछि टप्सले ३ खेलबाट ९ अंक जोडेको छ। त्यस्तै पूर्वाञ्चल क्षेत्रिय भलिबल संघ र श्रीगाउँले पनि जित निकालेका छन्। पूर्वाञ्चल क्षेत्रिय भलिबल संघले न्यु डायमण्ड स्पोर्टस् क्लबलाई २७–२५,२५–२२,१८–२५,२१–२५, १५–५ को सेटमा हराउँदा श्रीगाउँले पारामाउण्ट हाईस्कुललाई २५–१२, २५–१७, २५–२० को सोझो सेटमा हरायो।

१३औं संस्करणमा अपराजित रहेका न्यु डायमण्ड र एपीएफको ६ खेलबाट समान १८ अंक सहित संयुक्त रुपमा शीर्ष स्थानमा छन्। यसैगरी ६ खेलबाट ४ मा जित हात पारेका नेपाल पुलिस र नेपाल आर्मीको समान १२ अंक रहेको छ। पश्चिमाञ्चलको टप्समाबीले पनि अपराजित यात्रा कायम राख्दै ३ खेलबाट ९ अंक जोडेको छ।

प्रतियोगिताको चार विधामा उत्कुष्ट खेलाडीले युएम पावरम्याक्स स्कुटर पाउने छन्। बेष्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज बन्ने खेलाडीले स्कुटरका हकदार हुनेछन्। यस्तै प्रतियोगिता शुरु भएको दिनदेखि अन्तिम समयसम्म टिकट काटेर खेल हेर्न आउने दर्शक मध्ये लक्की ‘ड्र’ बाट एक जनाले पावरम्याक्स स्कुटी प्राप्त गर्नेछन्। प्रत्येक दिन एक दर्शकले लक्की ड्रबाट डाइमण्ड मोबाइल पनि  पाउनेछन्।

प्रतियोगिताका  बेष्ट स्पाईकर, डिफेन्स, सेटर, सर्भिर, ब्लकर, उत्कुष्ट क्वीकर र उत्कुष्ट कोचले जनही ५ हजार पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको विजेताले ३ लाख २५ हजार, उपबिजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउने छन्। यस्तै चौथौ हुनेले ५० हजार, पाचौँले ४० हजार, छैठौंले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell