PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

ट्रकमा मोटरसाइकल ठोक्किँदा पोखराका एकको मृत्यु



पहिलोपोस्ट

ट्रकमा मोटरसाइकल ठोक्किँदा पोखराका एकको मृत्यु

पोखरा: तनहुँको व्यास नगरपालिका १२ घासीकुवाँमा मोटरसाइकल दुर्घटनमा हुँदा एक जनाको मृत्यु भएको छ।

दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको ग १० प ३९०१ नम्वरको मोटरसाईकल सोही दिशातर्फ गईरहेको ग १ ख ४ ५८० नम्वरको ट्रकमा ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा पोखरा लेखनाथ महानगरपालिका ६ बस्ने वर्ष ३० का विवेक अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ। घाइते भई उपचारको लागि पोखरास्थित फेवासिटी अस्पतालमा ल्याइएका अधिकारीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell