PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

डिभिजन टू का लागि नेपाली टोली घोषणा, अनिल शाह र रोहित पौडेल टिममा



पहिलोपोस्ट

डिभिजन टू का लागि नेपाली टोली घोषणा, अनिल शाह र रोहित पौडेल टिममा

काठमाडौं : अर्को महिना नामिवियामा हुने आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू का लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा भएको छ।

बिहीवार घोषणा भएको टोलीमा अनिल कुमार शाह र रोहित कुमार पौडेलले पनि स्थान बनाएका छन्। यू-१९ राष्ट्रिय टोलीमा उत्कृष्ट प्रदर्शन गर्न सफल अनिल र रोहितले इपीएल टी-२० मा पनि राम्रो प्रदर्शन गरेका थिए।

अनिल शाह प्रशिक्षणका क्रममा विकेटकिपिङ सम्हाल्दै

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएई विरुद्धको अन्तिम खेलमा टिममा रहेका विनोद भण्डारी र सागर पुन प्रारम्भिक सूचीमै नपरेपछि अन्तिम टोलीमा अनिल र रोहितको लागि बाटो खुलेको हो।

युएई विरुद्धकै दोस्रो खेलका लागि नियमित सदस्य दीपेन्द्र सिंह ऐरी घाइते हुँदा अनिल उनको स्थानमा टिममा राखिएका थिए तर उनले खेल्न भने पाएनन्।

रोहित कुमार पौडेल

आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, कोच जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिलीले अन्तिम १४ सहित ४ वैकल्पिक खेलाडी समेत चयन गरेको छ।

प्रारम्भिक चरणमा छनोट भएका २१ खेलाडीबाट अन्तिम टोली छनोट गरिएको हो। सुनिल धमाला, सिद्दान्त लोहनी, किशोर महतो र ललित नारायण राजवंशी वैकल्पिक खेलाडीमा छन्। २१ जनाको सूचीमा परेका फास्ट बलरद्वय दिपेश श्रेष्ठ र रसिद खान तथा स्पिनर सुशन भारी भने अन्तिम टोलीमा अटाएनन्।

वैकल्पिकमा परेका सुनिल धमला

नेपाली टोली नामिविया जानुअघि जनवरी २७ मा युएई भ्रमणमा जानेछ। त्यहाँ रहदा नेपालले ३ अभ्यास खेल खेल्ने तय भएको छ। नेपाल फेब्रुअरी ४ मा नामिविया जानेछ। डिभिजन टू फेब्रुअरी ८ बाट सुरु हुनेछ। नेपालले पहिलो खेलमा नामिवियासँग खेल्नेछ।

 

नेपाली टोली

पारस खड्का (कप्तान)

ज्ञानेन्द्र मल्ल उपकप्तान

शक्ति गौचन

बसन्त रेग्मी

शरद भेषावकर

सोमपाल कामी

करण केसी

मोहम्मद आरिफ शेख

दीपेन्द्र सिंह ऐरी

सन्दीप लामिछाने

दीलिप नाथ

ललित सिंह भण्डारी

अनिल कुमार शाह

रोहित कुमार पौडेल

 

वैकल्पिक खेलाडी

सुनिल धमला

ललित नारायण राजवंशी

किशोर महतो

सिद्धान्त लोहनी
 

नेपाली क्रिकेटको भविष्य जोडिएको डिभिजन टू, प्रशिक्षक र कप्तान भन्छन 'लक्ष्य शीर्ष दुई'

हामी फेरी तल झर्न चाहन्नौँ : पारस खड्का

पारस खड्का भन्छन्, डिभिजन टू रोएल रम्बल जस्तै हो

तीन वर्षपछि डिभिजन-टू मै फर्कियो नेपाल, वान डे क्वालिफायर खेल्न शीर्ष दुईमा रहनुपर्ने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell