PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

यू-१९ वर्ल्डकप : सेमिफाइनलमा भिड्दै भारत-पाकिस्तान



पहिलोपोस्ट

यू-१९ वर्ल्डकप : सेमिफाइनलमा भिड्दै भारत-पाकिस्तान

नयाँ दिल्ली : आइसीसी यू-१९ विश्वकप २०१८ को सेमिफाइमा दुई चरिपरिचित प्रतिद्वन्दी भारत र पाकिस्तान भिड्ने भएका छन्।

अनतिम क्वा६रफाइनलमा वंगलादेशलाई १ सय ३१ रनको फराकिलो अन्तरले हराउँदै भारतले सेमिफाइनल यात्रा तय गरेको हो।

शुक्रबार क्विन्सटाउन इभेन्ट्स सेन्टरमा भएको खेलमा भारतीय १९ वर्ष मुनिका खेलाडीले पहिले ब्याटिङ गर्दै २ सय ६६ रनको चुनौती पेश गरेका थिए। प्रत्युत्तरमा व्याटिङमा आएको वंगलादेश ४२.१ ओभरमा सबै विकेट गुमाए। १ सय ३४ रनमात्र जोड्न सफल भयो। कमलेश नगरकोटीले धारिलो बलिङ गर्दै १८ रन खर्चेर ३ विकेट लिएपछि वंगलादेश सस्तोमै समेटियो।

भारतका लागि सुभमन गिलले सर्वाधिक ८६ रन जोडे। त्यस्तै अभिषेक शर्माले ५० तथा पीपी साहले ४० रन जोडेर भारतलाई बलियो अवस्थामा पुर्‍याए।

वंगलादेशका लागि सबैभन्दा बढी रन पिनाक घोषले जोडे। उनले ४३ रन बनाए। अन्य ५ खेलाडीले दोहोरो अंकको रन जोडे पनि २० भन्दा मुनि नै रहे।
 

जितसँगै भारतले सेमिफाइनलको यात्रा तय गर्दा पाकिस्तान प्रतिस्पर्धी भेटेको हो। ३० जनवरीमा यी दुईबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ किनकि जुनसुकै तहको खेल भए पनि भारत – पाकिस्तान आमने सामने हुँदा प्रतिस्पर्धा रोमाञ्चक हुने गरेको छ।

क्वार्टरफाइलनमा दक्षिण अफ्रिकालाई हराउँदै पाकिस्तान सेमिफाइनलमा पुगेको हो। अर्को सेमिफाइनल अफगानिस्तान र अस्ट्रेलियाबीच हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell