PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

प्रदेश सभा र स्थानीय तहमा निर्वाचित २ हजार ५६ लाई मतदान गर्न सिकाउँदै निर्वाचन आयोग



पहिलोपोस्ट

प्रदेश सभा र स्थानीय तहमा निर्वाचित २ हजार ५६ लाई मतदान गर्न सिकाउँदै निर्वाचन आयोग

काठमाडौं: प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मत बदर घटाउन मतसंकेत गर्न सिकाउन कर्मचारीलाई निर्देशन दिएका छन। 

ललितपुरको गादोवरीमा आयोजित ‘राष्ट्रिय सभा सदस्य निर्वाचन: मतदान र मतगणना’ विषयक प्रशिक्षणको शुक्रबार उद्घाटन गर्दै उनले एउटा मत बदर हुँदा १८ वा ४८ मतभार बदर हुने भएकाले जिल्ला–जिल्लामा गएर मतदातालाई मत संकेत गराउने तरिका सिकाउन निर्देशन दिए। 

राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख १ हजार ५०६ र प्रदेश सभाका ५५० गरी २ हजार ५६ जना मतदाता रहेका छन्। निर्वाचन माघ २४ मा हुदै छ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले आजदेखि निर्वाचन आचारसंहिता लागू भएकाले नेपाल सरकारबाट आचारसंहिताको पूर्ण पालनमा हुने विश्वास व्यक्त गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell