काठमाडौं : नेपालका नम्वर वान गोलरक्षक किरण चेम्जोङले आइ-लिग को डेब्यु खेलमा राम्रो प्रदर्शन गरेका छन्।
शनिवार भएको खेलमा किरणको टोलील मिनेर्भा पञ्जावले नेरोका एफसीलाई १-० ले पराजित गरेको हो। केही दिन अघि मात्र पञ्जावी टोलीमा अनुबन्ध भएका किरणले डेब्यु खेलमै पहिलो रोजाईमा खेल्न पाएका हुन्।
मिनेर्भाको जितमा चेन्चो गोल्तसेनले तेस्रो मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो। यस्तै नेपाली गोलकिपर किरणले ७७औँ मिनेटमा उत्कृष्ट सेभ गरेका थिए।
जितपछि शीर्ष स्थानमा रहेको मिनेर्भाले १० खेलबाट २५ अंक जोडेको छ भने दोस्रो स्थानको नेरोकामाथि ४ अंकको अग्रता बनाएको छ।