PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

यस्ता छन् डिभिजन टू खेल्ने ६ टोली, के भन्छन् कप्तान?



पहिलोपोस्ट

यस्ता छन् डिभिजन टू खेल्ने ६ टोली, के भन्छन् कप्तान?

काठमाडौं: एसोसिएट राष्ट्रहरुका लागि एकदिवसीय विश्वकपसम्म पुग्न अगाडि बढ्ने खुड्किलोको रुपमा रहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू प्रतियोगिता अर्को महिना नामिवियामा सुरु हुँदैछ। फेब्रुअरी ८ देखि सुरु हुने प्रतियोगिताका लागि अहिले ६ टिम तयारीमा व्यस्त छन्।

६ टिम शीर्ष २ स्थानको लागि प्रतिस्पर्धा गर्दैछन्। उत्कृष्ट दुई टिम मार्चमा जिम्वावेमा हुने 'वान डे वर्ल्डकप'को फाइनल राउण्डको क्वालिफायरमा पुग्नेछन्।

डिभिजन टू मा आयोजक नामिवियासँगै नेपाल, केन्या, युएई, क्यानडा र ओमान छन्। अहिले सबै टिम अभ्यास खेल्नमा व्यस्त छन्। नेपाल पनि तीन दिनअघि वैदेशिक टुर'का लागि युएई पुगिसकेको छ र आज पहिलो अभ्यास खेल खेल्दैछ।

यस्तै अन्य टोली पनि नामिवियाको कन्डिसनमा भिज्न विदेश टुरमा छन्।

सहभागी ६ वटै टोलीको लक्ष्य छ -शीर्ष दुई स्थानमा रहदै अर्को चरणमा प्रवेश गर्नु। जसले गर्दा 'वान डे वर्ड कप क्वालिफायर'मा अझै ठूलो टिमहरुसँग खेल्न पाउनेछ र खेलाडीले पनि एक्सपोजर पाउँनेछन्। यस्तै डिभिजन टू को शीर्ष दुई स्थानमा रहदै क्वालिफायरमा पुग्न सके एसोसिएट राष्ट्रले 'वान डे स्ट्याटस' लिने अवसर समेत पाउँनेछन्।

उक्त प्रतियोगितामा उत्कृष्ट हुने ३ एसोसिएट टिमले वान डे स्ट्याटस पाउँनेछन्। वर्ल्ड क्रिकेट लिग च्याम्पियसिप जितेको नेदरल्याण्ड्सले भने वान डे स्ट्याटस पाउने पक्का भइसकेको छ।

नेपाल र ओमान बाहेक बाँकी चार टिमले यसअघि वान डे वर्ल्ड कप खेलिसकेका छन्। सन् १९९६ देखि २०११ सम्म लगातार ५ पटक वान डे वर्ल्ड कप खेलेको केन्या २००३ मा सेमिफाइनलमा सम्म पुगेको थियो।

यस्तै क्यानडाले पहिलो पटक १९७९ मा वर्ल्ड कप खेलेको थियो। त्यसपछि सन् २००३, २००७ र २०११ मा लगातार वर्ल्ड कप खेलेको क्यानडा २०१५ मा भने छनोट हुन सकेन।  

युएईले १९९६ र २०१५ तथा नामिवियाले २००३ मा वर्ल्ड कप खेलेका थिए।

डिभिजन टू खेल्नुअघि आइसीसीले ६ टोलीका कप्तानसँग कुरा गर्दै उनीहरुको भनाई सार्वजनिक गरेका छन्।


कुन राष्ट्रका कप्तानले के भने?

नितिश कुमार (क्यानडा) : हामीले जिम सेसन र नेट्समा कडा मेहनत गरेका छौँ। हामी टिम सेलेक्सनका लागि बार्बाडोस टूर गरेका थियौँ जहाँ हामीले चार खेल खेल्ने अवसर पायौँ। अर्को साता हामी दक्षिण अफ्रिका जाँदैछौँ जहाँ हामीले टर्फमा प्राक्टिस गर्नेछौँ र डिभिजन टू अघि केही प्राक्टिस म्याच खेल्नेछौँ।

म प्रतियोगिताका लागि एकदमै उत्साहित छु हामीले धेरै मिहेनत गरेका छौँ। त्यसैले मलाई विश्वास छ अब त्यसलाई प्रदर्शनमा कन्भर्ट गर्ने बेला आएको छ र चार वर्ष अघि क्यानडा जहाँ थियो त्यही पुग्नेछ।

राकेप पटेल (केन्या): वर्ल्ड क्रिकेट लिग साइकल सुरु भएपछि नै क्वालिफाइङ भनेको कुनै पनि जर्नीको उच्च स्थानमा पुग्नु हो। आइसीसी वर्ल्ड क्रकेट लिग क्वालिफायर्समा अर्को अवसर पाउँदा हामी आभारी छौँ। हामी आफूलाई प्रमाणित गर्नको लागि उत्साहित छौँ।

हामीले नियमित रुपमा प्रशिक्षण गरिरहेका छौँ र नामिविया जानुअघि जिम्वावे ए टोलीसँग केही वार्ङ्ग अफ मयाच खेल्नेछौँ। सन् २०११ मा आइसीसी वर्ल्ड कप खेलिसकेका कारण एउटा क्रिकेटरलाई विश्वकपभन्दा ठूलो स्टेज अरु केही हुँदैन।

सरेल बर्गर (नामिविया) : तयारी राम्रो भइरहेको छ। हामी अहिले पनि क्रिकेट साउथ अफ्रिका कम्पिटेसनमा व्यस्त छौँ। जहाँ हामीले राम्रो गरिरहेका छौँ। आशा छ हामी यस मोमेन्टमलाई वर्ल्ड क्रिकेट लिग डिभिजन टू मा कायम राख्न सक्छौँ। खेलाडीहरुले टिममा आफ्नो प्रेमिला के हो बुझेका छन् र उनीहरुले आफ्नो रेसपोन्सविलिटी पनि लिइरहेका छन्। यो देख्दा एकदमै उत्साहित छौँ।

वर्ल्ड कप क्वालिफायरका लागि छनोट हुनु पहिलो स्टेप मात्र हो तर यो लामो समयको मिहेनतको प्रतिफल पनि हो। यो क्वालिफिकेसन प्रोसेस केही वर्ष अघि सुरु भएको हो। यदी हामी छनोट भयौँ भने नामिविया क्रिकेटको लागि ठूलो उपलब्धि हुनेछ।

पारस खड्का (नेपाल): आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू रोएल रम्बल जस्तै हो जहाँ सबै टिम अर्को चरणमा पुग्नका लागि बेस्ट दिन्छन्। त्यसैले नेपालको लाग यो प्रतियोगिताले धेरै महत्व राख्छ। मलाई आशा छ आइसीसी वर्ल्ड कप क्वालिफायरको लागि अगाडी बढ्ने स्टेप भएका कारण हामी यसबाट अगाडी बढ्नेछौँ।

हामी उत्साहित छौँ कि हामी आइसीसी वर्ल्ड कप २०१९ बाट दुई कदम मात्र टाढा छौँ।

सुल्तान अहेमद (ओमान) : हामीले घरेलु म्याचहरु खेलेर तयारी गरेका छौँ। अमेरिकालाई घरेलु मैदानमा ३-० ले हरायौँ। युएईमा हङकङलाई २-१ ले पराजित गर्‍यौँ। हामी आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को लागि तयार छौँ।

रोहन मुस्ताफा (युएई) : सर्ट टाइमफ्रेममा उत्कृष्ट टिमसँग खेल्ने अवसर पाएकोमा खेलाडीहरु एकदमै उत्साहित छन्। यस प्रतियोगितामा हामीले राम्रो गर्नेछौँ भन्नेमा म विश्वस्त छु।

क्वालिफाइ भयौँ भने यो हाम्रो लागि राम्रो उपलब्धि हुनेछ। जसले टिमलाई मोरल बुस्ट प्रदान गर्नेछ। साथै युएई क्रिकेट भविष्यका लागि पनि सकरात्मक उर्जा दिनेछ।


डिभिजन टू खेल्ने ६ टोली

क्यानडा : नितिश कुमार (कप्तान), भविनदु अधिहेट्टी, सेसिल परभेज, धनुका पथिराना, रुविन्दस गुनसेकरा, हम्जा तारिक, श्रीमनथा विजेयरत्ने, जुनइद सिद्दिकी, निकोलस किर्टोन, नभनित धलीवाल, निखिल दत्त, दिलोन हेयलिगर, साद जफर, सात्सीमरन्जित ढिन्ड्सा

केन्या : राकेप पटेल (कप्तान), कोलिन्स ओबुया, गुरदिप भगत, धिरेन गोनडरिया, इरफान करिम, नेल्सन ओडिएम्बो, शेम एनगोचे, हिरेन भाराइया, नेहेमिह एनगोचे, एमानुएल रिङगेरा, लुकास एनडान्ड्सन, रुसाभभर्दा पटेल, एलेक्स आउमा, करन कउल

नामिविया : सरेल बर्गर (कप्तान), जिन मिलर ब्रेडेनकाम्प, स्टेफन बार्ड, पेट्रस ज्याकोबस बर्गर, मर्वे जेर्हार्ड एरासमस, जान निकोलस फ्रइलिन्क, जान एडवार्ड ग्रीन, जिन पिएरे कोट्जे, लोहानद्रे लउरेन्स, बर्नहारड स्कोल्ट्ज, जोहानु स्मिथ, लुइस भान डेर वेस्सथुइजेन, क्रिस्टोपेल भिलजोएन, क्रेग विलियम्स

नेपाल : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, शक्ति प्रसाद गौचन, सोमपाल कामी, अनिल कुमार शाह, रोहित कुमार पौडेल, करण केसी, मोहममद आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, दीलिप नाथ, ललित भण्डारी

ओमान : सुल्तान अहेमद (कप्तान), आकिव लाएस सुलेह्री, अहमद फयाज बट, अजय भ्रजलाल लालचेटा, स्वप्निल सुनिल खाड्ये, बिलाल खान, खावर अली, मुहम्मेद नादिम, मुहम्मद नासिम, जिसन मक्सुद, जय विराम ओडेड्रा, जतिन्दर सिंह, वैभव श्रीधर वाटेगाओनकर, कलिमुल्लाह कलिमुल्लाह

युएई : रोहन मुस्ताफा (कप्तान), मुहम्मद अस्फाक अहमेद, घुलम शहबिर, रहिम शहजाद, मुहद्दम उस्मान, एडनान मुफ्ती, साइमन अनवर, अहमेद राजा, इमरान हैदर, कवादिर अहमद, मुहम्मद नाभिद, मुहम्मद अमिर हायत, जाहुर दान



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell