PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

बलात्कारको घटना आर्थिक लेनदेनमा मिलापत्र, डिएसपीसहित तीन प्रहरी कारबाहीमा



सविन ढकाल

बलात्कारको घटना आर्थिक लेनदेनमा मिलापत्र, डिएसपीसहित तीन प्रहरी कारबाहीमा
प्रतीकात्मक तस्वीर

काठमाडौंः बलात्कार जस्तो जघन्य अपराधको घटनालाई आर्थिक लेनदेनमा मिलाएको आरोपमा महानगरीय प्रहरी बृत दरबारमार्गका डिएसपीसहित तीन जना कारबाहीमा परेका छन्।

कारबाहीमा पर्नेमा बृतका प्रमुख डिएसपी तिलक भारती र इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी समेत छन्। आर्थिक प्रलोभनमा पीडित युवतीको उजुरी नै नलिई घटना मिलाएको आरोप उनीहरुमाथि छ।

गत बिहीबार काठमाडौंको होटेल ल्याण्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामूहिक बलात्कार गरेपछि युवती उजुरी दिन दरवारमार्ग बृत पुगेकी थिइन्। तर, बृतले उजुरी दर्ता नै नगरी घटना आर्थिक लेनदेनमा मिलाएको थियो।

घटनापछि महानगरीय प्रहरी परिसर काठमाडौंले एसपी रामदत्त जोशीको संयोजगत्वमा तीन सदस्य समिति बनाएर छानविन सुरु गरेको छ।

 

यस्तो छ घटना

फेसबुकमा चिनजान र केही समयको कुराकानीपछि युवकको प्रस्तावमा ती युवती बिहीबार होटेल पुगेकी थिइन्। होटलमा युवकले पहिले नै तीनवटा रुम बुकिङ गरेको र साथी समेत बोलाएर राखेको पीडित युवतीको बयान छ।

बिहीबार उनीहरुले बलात्कार गरेपछि युवती उजुरी दिन दरवारमार्ग पुकेकी थिइन्।

तर, प्रहरीको सहयोगमा युवतीलाई २० लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति दिने सहमतिमा उजुरी दर्ता नगरी घटना मिलाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell