PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ : नेपालकी पुनमले जितिन् कास्य पदक



पहिलोपोस्ट

इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ : नेपालकी पुनमले जितिन् कास्य पदक
फोटो : एनएसजेएफ

दिल्ली : भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालकी पुनम रावलले पदक जितेकी छिन्।

दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा मंगलबार भएको महिला लाइट वेल्टर ६४ केजी तौल समूहको क्वाटरफाइनलमा पुनमले ताजिकिस्तानकी खोलोभा इडीमोखलाई अंकको आधारमा पराजित गर्दै कास्य पदक पक्का गरेकी हुन्।

पुनमले ताजिकिस्तानकी इडीमोखमाथि ५-० को जित निकालिन्। अब पुनमले सेमिफाइनलमा भारतीय खेलाडीसँग प्रतिपर्धा गर्नेछिन्। उक्त खेल जिते पुनमले रजत पक्का गर्नेछिन् भने पराजित भएपनि पुनमले कास्य पदक प्राप्त गर्नेछिन्।

पुनमको यो पहिलो अन्तर्राष्ट्रिय पदक हो। पुनमले दोस्रो अन्तर्राष्ट्रिय सहभागितामा नेपाललाई पदक दिलाएकी हुन्। जितपछि पुनमले नेपाललाई पदक दिलाउन पाउँदा गर्व लागेको बताइन्। 'एकदम खुशी छु। नेपालको लागि पदक जित्न पाउदा, अब नेपालको लागि स्वर्ण जित्ने योजनामा छ।'

प्रतियोगितामा पुनमले जितेको यो पदक नेपालको दोस्रो पदक हो। यसअघि नेपालकी विमला श्रेष्ठले पनि कास्य पदक पक्का गरेकी छिन्।

मंगलबार भएको अर्को क्वाटरफाइनल खेलमा भने नेपालकी सरस्वती राना मगर पराजित भएकी छिन्। मिडल ७५ केजी तौल समूहकी सरस्वती भारतीय खेलाडी स्विटी बूरासँग अंकको आधारमा ५-० ले पराजित भईन्।

मंगलबारै नेपालका तीन पुरुष खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ। पुरुषतर्फ मनोहर (म्याक्स) बस्नेत, भुपेन्द्र थापा मगर र बिष्णु प्रसाद घलेले खेल्नेछन्। पुरुषतर्फको खेल बेलुका ६ बजेपछि हुने आयोजकले जनाएको  छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell