PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

'२०१८ मा इपीएल अझै भव्य हुन्छ'



पहिलोपोस्ट

'२०१८ मा इपीएल अझै भव्य हुन्छ'

काठमाडौं : आयोजक इपीएल प्रालीले सन् २०१८ को एभरेष्ट प्रिमियर लिग (इपीएल)लाई अझै भव्य बनाउने र त्यसका लागि तयारी सुरु भइसकेको जनाएको छ।

२०१७ को संस्करण डिसेम्वरमा सम्पन्न गरेको आयोजकले बुधबार राजधानी २०१७ को एनलाइसिस र २०१८ को प्रिभ्यु कार्यक्रम आयोजना गर्‍यो।

आयोजक इपीएलका प्रवन्ध निर्देशक आमिर अख्तरले इपीएल २०१८ को लागि धेरै सुधार गर्नुपर्ने र त्यसका लागि सुरुवात भइसकेको बताए।

'२०१७ को इपीएल धेरै राम्रो भयो। २०१८ मा अझै राम्रो गर्नेछौँ। त्यसका लागि मैदानमा अझै सुधार गर्नुपर्छ। अझ राम्रो विदेशी खेलाडीहरु ल्याउनेछौँ।' अख्तरले भने। 'गत वर्ष क्रिसमस परेका कारण इंगल्याण्ड, अष्ट्रेलियाका खेलाडीहरु ल्याउन सकेनौँ। अर्को पटक टेष्ट नेशनका अझै राम्रा खेलाडी ल्याउनेछौँ।'

२०१७ मा दर्शकहरुको राम्रो उपस्थिती रहेको र त्यसलाई सम्हाल्न समेत गाह्रो भएको आमिरले बताए। 'फाइनल हेर्न अचम्मले दर्शक आए। १६ हजार टिकट बेच्दासमेत अझै एक हजार जती दर्शक बाहिरै थिए। हामीलाई त्यो म्यानेज गर्नु च्यालेन्ज रह्यो।' अख्तरले भने 'ब्युटिफुल च्यालेन्ज।'

आयोजकका अनुसार इपीएल २०१७ भरी ६० हजार भन्दा बढी दर्शकले टीयू पुगेर खेर्ल हेरेका थिए।

यस्तै एमडी अख्तरले २०१८ मा प्राइज मनी बढ्ने र उत्कृष्ट खेलाडीहरुको लागि पनि पुरस्कार बढाउने बताए। 'निश्चय नै पुरस्कार बढ्छ। बेस्ट प्लेअरहरुको लागि पनि अघिल्लोपटक टु ह्विलर दिएका थियौँ। अर्को वर्ष फोर ह्विलर हुन सक्छ।'             

आयोजक इपीएल प्रालीले 'इपीएल २०१७ वाज द बिगेस्ट बट २०१८ विल बि बिगर..' भन्ने नयाँ नारा सार्वजनिक गरेको छ। त्यसको अर्थ खुलाउदै आयोजकले भनेको छ, 'इपीएल २०१७ मा भएको सबै पक्ष समावेश गर्दै इपीएल २०१८ अझै व्यापक र भव्य हुन्छ।'


५० ओभर हुँदैन

इपीएलका एमडी अख्तरले ५० ओभरको प्रतियोगिता गर्ने कुनै मनसाय नरहेको बताए। 'यो टी-२० फ्रेन्चाइट टुर्नामेन्ट हो। त्यसैले टी-२० प्रतियोगिता मात्र गर्छौँ। ५० ओभर गर्ने कुनै मनसाय छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell