PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

ज्ञानेन्द्रको शतक, सन्दीपको ४ विकेट, नेपाल १९३ रनले विजयी



पहिलोपोस्ट

ज्ञानेन्द्रको शतक, सन्दीपको ४ विकेट, नेपाल १९३ रनले विजयी
फोटो : रमन शिवाकोटी

काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को तयारीका लागि विदेश भ्रमणमा रहेको नेपालले बुधबार युएई ए टिमलाई १९३ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ।

नेपालको लागि ज्ञानेन्द्र मल्लले शतकिय पारी खेल्दै सर्वाधिक १५३ रन बनाए। यस्तै आइपीएलमा छनोट भएपछि पहिलो पटक नेपालका लागि खेलेका सन्दीप लामिछानेले बलिङमा ४ विकेट लिए। अघिल्लो दिन नेपालले युएई ए लाई नै २५ रनले पराजित गर्दा सन्दीपले खेलेका थिएनन्।

सन्दीप लामिछाने बलिङ गर्दै

ज्ञानेन्द्रको शतकसँगै नेपालको ओपनिङ जोडीले शानदार प्रदर्शन गरेपछि पहिले ब्याटिङ गरेको नेपालले  ५० ओभरमा५ विकेट गुमाएर ३३३ रन बनाएको थियो। नेपालका लागि ज्ञानेन्द्रले १५४ रन बनाए। १३१ बल खेलेका ज्ञानेन्दरले १७ चौका प्रहार गरे।  

ज्ञानेन्द्रले पहिलो विकेटका लागि दीलिपनाथसँग १३६ रनको साझेदारी गरे। दीलिपले ४५ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाए। यसतै दीपेन्द्र सिंह ऐरीले ३४ तथा अनिल शाहले १४ रन जोडे भने आरिफ शेख ४१ रनमा नटआउट रहे।

जाफमा नेपाली बलरहरुले किफायती बलिङ गरेपछि उच्च लक्ष्य पछ्याएको युएई ए ले नेपालका ज्ञानेन्द्र एक्लैले बनाएको जति रन पनि बनाउन सकेनन् र ४०.२ ओभरमा १४० रनमा अलआउट भयो।

युएई ए का लागि मोहम्मद क्वासिमले सर्वाधिक ४१ रन बनाए। ७ खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। बलिङमा सन्दीपले ४ तथा कप्तान पारस खड्काले २ विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले ३६ रन खर्चेर ४ विकेट लिएका हुन्।

नेपालले तेस्रो अभ्यास खेलमा युएई ए सँगै पर्सी शुक्रबार खेल्नेछ। त्यसपछि फेब्रुअरी ४ मा नेपाली टोली डिभिजन टू खेल्न नामिविया जानेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell