PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

तेस्रो अभ्यास खेलमा नेपाल ६४ रनले पराजित, ब्याटिङमा पुरानै समस्या



पहिलोपोस्ट

तेस्रो अभ्यास खेलमा नेपाल ६४ रनले पराजित, ब्याटिङमा पुरानै समस्या
फोटो : रमन शिवाकोटी

काठमाडौं : ब्याटिङमा फेरि कमजोर प्रदर्शन हुँदा डिभिजन टू को तयारीमा रहेको नेपाल तेस्रो अभ्यासमा खेलमा पराजित भएको छ।

पूरा ५० ओभर खेल्न नसक्दा २१६ रनको लक्ष्य पछ्याएको नेपाल युएई ए सँग ६४ रनले पराजित भएको हो। नेपालले ३८.५ ओभरमा अलआउट हुँदै १५१ रन मात्र बनाउन सक्यो। 

खराब सुरुवात गर्ने क्रममा नेपालले ओपनर दीलिप नाथलाई शुन्यमै गुमाएको थियो। त्यसपछि ब्याट्रिङ गर्न क्रिज पुगेका शरद भेषावकर पनि १ रन मात्र बनाएर आउट भए।

नेपालको लागि कप्तान पारस खड्काले सर्वाधिक ४१ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले २६, ज्ञानेन्द्र मल्ले २४, अनिल कुमार साहले २१ तथा आरिफ शेखले १९ रन बनाए।

अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। नेपाललाई अलआउट गर्न युएई ए का कार्तिक माएप्पनले सर्वाधिक ४ विकेट लिए। यस्तै हजरत बिलाल र माथिउल्लाह खानले २-२ विकेट लिए।

त्यसअघि दुबईस्थित बइसीसी एकेडेमी ओभचल टु मा टस जितेर पहिले ब्याटिङ गरेको युएई ए ले चिराग सुरीको ८५ तथा अली मिर्जाको नटबउट ४२ रनको मद्दतमा ९ विकेट गुमाएर २१५ रन बनाएको थियो। बलिङमा नेपाललका लागि बर्थ डे ब्वाइ सोमपाल कामीले ३ तथा ललित भण्डारीले २ विकेट लिए।

अन्तिम खेलमा पराजित भएको नेपालले ३ खेलको अभ्यास सिरिज २-१ ले जितेको छ। आगामी बिहीवारबाट सुरु हुने डिभिजन टू खेल्न नेपाली टोली पर्सी आइतवार नामिविया प्रस्थान गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell