PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड विजयी



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड विजयी

म्यानचेष्टर युनाइटेडका लागि एलेक्स सान्चेजले प्रिमियर लिगमा डेब्यु गोल गर्दा युनाइटेडले हडर्शफिल्डलाई २-० ले पराजित गरेको छ।

यसै जनवरी ट्रान्सफरमा आर्सनलबाट म्यानचेष्टर युनाइटेड पुगेका एलेक्स सान्चेजको डेब्यु खेलमा भने युनाइटेड टोटनहमसँग पराजित भएका थिए।

युनाइटेडका लागि रोमेलु लुकाकु र सान्चेजले एक एक गोल गरे।

हडर्शफिल्डको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दुवै गोल दोस्रो हाफमा भएको थियो। ५५औँ मनेटमा लुकाकुले युनाइटेडका लागि पहिलो गोल गरे।

एलेक्स सान्चेजले ६८औँ मिनेटमा गोल गरे। युनाइटेडले प्राप्त गरेको पेनाल्टीलाई सान्चेजले सिधै गोलमा परिणत गर्न नसकेपनि रिबाउण्डमा गोल गरेका हुन्।

जितपछि २६ खेलबाट ५६ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा छ भने शीर्ष स्थानको म्यानचेष्टर सिटीसँगको अंकदूरी १३ मा झारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell