PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

न्यू डायमण्ड र एपीएफ उपाधिका लागि भिड्ने



पहिलोपोस्ट

न्यू डायमण्ड र एपीएफ उपाधिका लागि भिड्ने

काठमाडौं : आयोजक शिवम् न्यू डायमण्ड र विभागीय टोली एपीएफ शिवम् न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला महिला भलिबलको उपाधिका लागि भिड्ने भएङ्का छन्।

सोमबार भएको सेमिफाइनलमा जित हात पार्दै डायमण्ड र एपीएफले फाइनल भेट पक्का गरेका हुन्। न्यू डायमण्डले पहिलो सेमिफाइनलमा पोखराको टप्स उमाबीलाई ३–१ को सेटमा हरायो।  दोस्रो सेमिफाइनलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलमा आयोजक टोली न्यू डायमण्ड एकेडेमीले टप्स उमाबीलाई २५–९, २२–२५, २५–१८, २५–१५ को सेटमा हरायो। न्यू डायमण्डको जितमा उत्कृष्ट प्रदर्शन गरेकी दोश्रो रोजाईकी ओपन स्पाईकर पनमिका राई वुमन अफ दी म्याच चुनिईन्।

यसैगरी विभागीय भिडन्तमा एपीएफले आर्मीलाई २५–१५, २५–१७, २५–६ को सेटमा हरायो। एपीएफकी क्विक स्पाईकर हिरा केसी वुमन अफ दी म्याच घोषित भइन्।

शिवम् सिमेन्टको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगितामा वुमन अफ दी म्याच चुनिएका खेलाडीहरुलाई स्पोर्टस् पोशाक उत्पादन कम्पिनी साहास स्पोर्टस प्रमुख जनक न्यौपानेले प्रायोजन गरेका छन्।

न्यू डायमण्ड र एपीएफबीच मंगलवार फाइनल खेल हुनेछ। प्रतियोगिताको विजेताले १ लाख ५१ हजार, उपबिजेताले १ लाख १ हजार तथा तेस्रो र चौथो हुनेले क्रमश: ५१ र २१ हजार हात पार्नेछन्।

न्यू डायमण्डले पहिलो पटक आयोजना गरेको महिला भलिबल प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने भनिएपनि नेपाल पुलिस र श्रीगाउँ खेलकुद विकास समिति दाङले सहभागिता नजनाएपछि चार टोलीबीच मात्र प्रतिस्पर्धा गराइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell