PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

राष्ट्रियसभा निर्वाचन आज, ३२ सदस्यका लागि ५२ उम्मेदवार चुनावी मैदानमा



पहिलोपोस्ट

राष्ट्रियसभा निर्वाचन आज, ३२ सदस्यका लागि ५२ उम्मेदवार चुनावी मैदानमा

काठमाडौँः संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन भइरहेको छ। बिहान १० बजेदेखि ३ बजेसम्म निर्वाचन हुनेछ। 

कूल ५९ सदस्यीय राष्ट्रियसभा सदस्यमध्ये तीन जना मनोनयनबाट चयन हुनेछन्। अन्य ५६ जना निर्वाचनबाट आउँनेछन्। ५६ मध्ये २४ जना निर्विरोध निर्वाचित भइसकेका छन्। अन्य ३२ सदस्यका लागि ५२ जनाबीच प्रतिस्पर्धा हुँदैछ। देशभरमा कूल दुई हजार ५६ मतदाता रहेका छन्। प्रदेश २ बाहेकका एक हजार ६७७ जना मतदाता आज मतदानमा सहभागी हुँदैछन्।

सात प्रदेशमध्ये ६ प्रदेशमा मात्र निर्वाचन हुनेछ। प्रदेश २ का ८ जना नै सदस्य निर्विरोध चयन भइसकेका छन्। प्रत्येक प्रदेशबाट खुलाबाट ३, महिला ३, दलितबाट १ र अल्पसंख्यक तथा अपाङ्गता भएका क्षेत्रबाट १ जनाले राष्ट्रियसभामा प्रतिनिधित्व गर्नेछन्।

निर्वाचन आयोगका अनुसार प्रदेश १ मा विराटनगर, प्रदेश ३ मा ललितपुर, प्रदेश ४ मा पोखरा, प्रदेश ५ मा दाङ, प्रदेश ६ मा सुर्खेत, प्रदेश ७ मा दिपायलमा मतदान हुनेछ। एक निर्वाचन स्थलका लागि कम्तीमा १२ मतदान केन्द्र तोकिएका छन्।राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचक मण्डल गठन गरेको छ। निर्वाचक मण्डलका सदस्यमा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष  तथा उपाध्याक्ष सदस्य छन्। निर्वाचन मण्डलका सदस्य नै मतदाता हुने संवैधानिक व्यवस्था छ। एकल संक्रमणीय प्रणालीबाट हुने लागेको निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको १८ मतभार कायम गरिएको छ।

यी हुन् उम्मेदवार
प्रदेश    क्लस्टर     उम्मेदवारको नाम    दल
7    दलित    शेरी राम पार्की    नेपाली काँग्रेस
7    अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक    छत्र राज जोशी    नेपाली काँग्रेस
7    दलित    चक्र प्रसाद स्नेही    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
7    अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक    महेश कुमार महरा    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

6    महिला    सुर्यदेवी मल्ल    नेपाली काँग्रेस
6    अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक    गोपाल प्रसाद शर्मा    नेपाली काँग्रेस
6    अन्य    विष्णु बहादुर शाही    नेपाली काँग्रेस
6    दलित    मित्र लाल सार्की    नेपाली काँग्रेस
6    महिला    नन्दा चपाई    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
6    महिला    कविता बोगटी    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
6    अन्य    ठगेन्द्र प्रकाश पुरी    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
6    अन्य    भैरव सुन्दर श्रेष्‍ठ    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
6    दलित    नरपति लुवार    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
6    महिला    यूटोल तामाङ    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
6    अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक    जीवन बुढा    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
6    अन्य    काली बहादुर मल्‍ल    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
 
5    अन्य    दुर्गा प्रसाद उपाध्याय    नेपाली काँग्रेस
5    दलित    मैकु लाल वाल्मीकी    नेपाली काँग्रेस
5    अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक    लुट बहादुर खत्री    नेपाली काँग्रेस
5    अन्य    खिम लाल भट्टराई    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
5    दलित    राम लखन चमार    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
5    अन्य    चन्द्र बहादुर खड्का    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
5    अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक    राज कुमार कुवर    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
5    अन्य    रश्मीराज नेपाली    राष्ट्रिय जनमोर्चा
 
4    अन्य    सुरेन्द्र राज पाण्डे    नेपाली काँग्रेस
4    महिला    विन्दा देवी आले (राना)    नेपाली काँग्रेस
4    दलित    जीत बहादुर नेपाली    नेपाली काँग्रेस
4    अन्य    गणेश प्रसाद तिमिल्सिना    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
4    महिला    दिपा गुरुङ    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
4    महिला    शान्ती कुमारी अधिकारी जि.सि    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
4    अन्य    दिनानाथ शर्मा    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
4    दलित    खिम कुमार बि.क.    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
4    अन्य    कृष्ण प्रसाद शर्मा अधिकारी    राष्ट्रिय जनमोर्चा
4    महिला    मीना पुन    राष्ट्रिय जनमोर्चा
 
3    अन्य    राधेश्‍याम अधिकारी    नेपाली काँग्रेस
3    दलित    हरिशरण नेपाली    नेपाली काँग्रेस
3    महिला    धन कुमारी खतिवडा    नेपाली काँग्रेस
3    अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक    मदन कृष्ण श्रेष्‍ठ    नेपाली काँग्रेस
3    दलित    सिंग बहादुर विश्वकर्मा    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
3    महिला    उदया शर्मा / पौडेल    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
3    अन्य    बलराम प्रसाद बाँस्कोटा    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
3    महिला    दिल कुमारी रावल थापा (पार्वती)    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
3    अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक    रामचन्द्र राई    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
3    अन्य    राम बहादुर थापा मगर    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
3    महिला    गिता काफ्ले    नेपाल मजदुर किसान पार्टी
3    अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक    हिमालयश्‍वर लाल मूल    नेपाल मजदुर किसान पार्टी
3    दलित    श्यामु विसुंके    नेपाल मजदुर किसान पार्टी
3    अन्य    कृष्ण वहादुर तामाङ    नेपाल मजदुर किसान पार्टी
 
1    अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक    महेश कुमार जाजु    नेपाली काँग्रेस
1    दलित    विन कुमार विश्वकर्मा    नेपाली काँग्रेस
1    अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक    अगम प्रसाद बान्तवा राई    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
1    दलित    खेमराज नेपाली    नेपाल कम्युनिष्ट पार्टी (एमाले)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell