PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

भारतीय सैनिक क्याम्पमा हमला, दुई सैनिक मारिए



पहिलोपोस्ट

भारतीय सैनिक क्याम्पमा हमला, दुई सैनिक मारिए
फाइल फोटो : हिन्दुस्तान टाइम्स

जम्मु : सुजुवान सैनिक क्याम्पमा भएको आक्रमणमा परी दुई जुनियर कमिसन्ड अफिसर मारिएका छन् भने ६ जना घाइते भएका छन्। शनिबार बिहानै सैनिक क्याम्पमा सशस्त्र हतियारधारीले आक्रमण गरेको संसदीय व्यवस्था मन्त्री अब्दुल रहेमान वीरले जानकारी दिए।

सुवेदार मदन लाल र सुवेदार एम असरफ मिरको हमलामा परी मृत्यु भएको छ। जम्मु र कास्मिरको संसदमा जानकारी गराएका हुन्।

एकजना कर्नेल तहका अधिकृत, हवल्दार अब्दुल हामिद, लेस नायक बहादुर सिंह र सुवेदार चौधरीकी छोरी घाइते रहेको उनले बताए।

अधिकारीहरुले आक्रमण जैस ए महोम्मद नामक सशस्त्र समूहले गरेको हो। सैनिक क्याम्पको पछाडिबाट आएका सशस्त्र समूहले सेनाका परिवारको क्वार्टरतिरबाट आक्रमण गरेका थिए। 

बिहान करिब ४:५५ बजे संकास्पद गतिविधि सुरु भएको र केही बेरमा नै गोली चल्न थालेको बताइएको छ। आक्रमणमा आएका सशस्त्र समुहका लडाकुको संख्या भने यकिन छैन। 

गृह मन्त्री राजनाथ सिंहले घटनाबारे जानकारी लिएका छन्। घटनालगत्तै त्यहाँ सेनाको संख्या बढाइएको छ भने आतंकवादीको खोजी सुरु गरिएको छ। प्रशासनले त्यहाँका विद्यालय क्षेत्रलाई नियन्त्रणमा लिएको छ।

सन् २०१३ फेब्रअरी ९ मा मृत्युदण्ड पाएका अफजल गुरुको स्मृतिमा जैस ए महोम्मदले आक्रमण गर्न सक्ने गुप्तचरले पहिले नै जानकारी गराएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell