PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

सन्दीपले लगातार दुई विकेट लिएपछि युएई दबाबमा



पहिलोपोस्ट

सन्दीपले लगातार दुई विकेट लिएपछि युएई दबाबमा

काठमाडौं : नामिबियामा भइरहेको डिभिजन टू अन्तर्गत तेस्रो खेलमा अहिले नेपाल र युएई खेलिरहेका छन्।

ढिलो टस भएपछि ३४ ओभरमा घटाइएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको छ।

१८औँ ओभरमा आफ्नो पहिलो ओभर बलिङ गरेका सन्दीप लामिछानेले लगातार दुई विकेट लिएपछि युएई दबाबमा परेको छ।

सन्दीपले १८औँ ओभरको दोस्रो बलमा रमिद शेहजाद र तेस्रो बलमा मुहमाद उसमानलाई आउट गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell