काठमाडौं: नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।
समानुपातिक उम्मेदवार छनोट गर्न प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।
बिहान ११ बजेबाट जारी बैठकले समानुपातिक सिटमा उम्मेदवार तय गर्ने सम्बन्धमा छलफल गरिरहेको छ। समानुपातिक उम्मेदवारको सूची बुझाउने आज अन्तिम दिन हो। समानुपातिकमा कांग्रेसले ४० सिट प्राप्त गरेको छ।
'हामीले तोकेकै समयसीमामा उम्मेदवारको सूची बुझाउँदैछौ, यसका लागि प्रकिया अघि बढिसकेको छ,' कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने।