PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

धनगढीमा सर्वाधिक धनराशीको पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने



पहिलोपोस्ट

धनगढीमा सर्वाधिक धनराशीको पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

सीताराम ओझा

धनगढी : फागुन ९ गतेदेखि धनगढीमा सर्वाधिक धनराशीको प्रधानमन्त्री (पिएम) कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ।

फागुन ९ देखि १४ गतेसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगीताका लागी तिव्र तयारी भइरहेको छ।

प्रतियोगितामा साविकका ५ विकास क्षेत्र र विभागिय टोली एपीएफ गरि कूल ६ टिमले सहभागिता जनाउने कैलाली जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष समेत रहेका प्रतियोगिताका संयोजक बाबुराजा श्रेष्ठले जानकारी दिए।

प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेता २ लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। 'वुमेन अफ द सिरीज'ले १० हजार र अन्य चार विधाका उत्कृष्ट खेलाडीले ५–५ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगीता आयोजनाका लागी ३८ लाख ६३ हजार खर्च लाग्ने अनुमान गरीएको छ।

अहिले मैदान निर्माण र पिच निर्माणको काम भईरहेको र सबै ६ वटा टिमको सहभागीताबारे टुङ्गो लागिसकेको आयोजक कैलाली जिल्ला खेलकुद विकास समितीले जनाएको छ।

प्रतियोगीतामा सहभागी हुने ६ टिमलाई २ समूहमा विभाजन गरी लिग चरणका आधारमा खेलतालिका बनाईने आयोजक कैलाली जिल्ला खेलकुद विकस समितीका अध्यक्ष दिपक सिंहले बताए। यस्तै प्रतियोगीतामा सहभागीता जनाउने सुदुरपश्चिमको टोलीले पनि अभ्यास सुरु गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell