PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

न्याय परिषद् बस्दैः दुई सदस्यको असन्तुष्टि, न्यायाधीश सिफारिसको तयारीमा प्रधानन्यायाधीश



पहिलोपोस्ट

न्याय परिषद् बस्दैः दुई सदस्यको असन्तुष्टि, न्यायाधीश सिफारिसको तयारीमा प्रधानन्यायाधीश
तस्वीर : फाइल

काठमाडौँ: दुई सदस्यको असन्तुष्टिबीच न्याय परिषद बैठक आज बस्दैछ। सर्वोच्चसहित, उच्च र जिल्ला अदालतमा रिक्त न्यायाधीशको सिफारिस बैठकमा एजेण्डा छन्। गत आइतबार समेत सोही एजेण्डामा छलफल भए पनि वरिष्ठतम न्यायाधीश दीपकराज जोशी अनुपस्थित भएपछि बैठक निश्कर्षविहीन भएको थियो। बैठक बिहान १० बजेका लागि बोलाइएको छ।

न्यायाधीश सिफारिसको प्रक्रियामा परिषद सदस्य पदमप्रसाद वैद्धिकले पनि असन्तुष्टि जनाउँदै आएका छन्। वरिष्ठतम न्यायाधीशको असन्तुष्टि र सरकारका प्रतिनिधि समेत कामचलाउ भइसकेको अवस्थामा न्यायाधीश नियुक्ति गर्न नहुँने वैद्धिकको अडान छ।

तर, प्रधानन्यायाधीश गोपाल पराजुली भने जोशी र वैद्धिकको असन्तुष्टि कायमै रहे पनि बुधबार न्यायाधीश सिफारिसको पक्षमा छन्।

न्याय परिषद् स्रोतका अनुसार जिल्ला, उच्च र सर्वोच्चसहित तीनै तहका न्यायाधीश सिफारिस गर्ने प्रधानन्यायाधीशको मनासाय छ।

यसअघि उच्च अदालतको न्यायाधीश नियुक्ति प्रक्रियामा समेत वरिष्ठतम न्यायाधीश जोशीले निर्णयमा फरक मत राखेका छन्। उच्चका चार मुख्य न्यायाधीशको सिफारिस पनि बहुमतीय प्रक्रियाबाटै भएको थियो।

न्यायाधीश सिफारिसपछि प्रधानन्यायाधीशसँग बढेको दूरीका कारण जोशी विदामा छन्। पारिवारिक कारण देखाउँदै जोशी एक साता अघिदेखि बिदामा बसेका हुन्। उनी फागुन पहिलो सातासम्म बिदामा छन्। बिदामा रहेका कारण बुधबारको बैठकमा जोशी उपस्थित हुने वा नहुने निश्चित छैन।

 

न्यायाधीश कहाँ कति रिक्त

हाल सर्वोच्च अदालतमा एक न्यायाधीशको दरबन्दी रिक्त छ। यस्तै, उच्च अदालतमा ११ न्यायाधीशको स्थान खाली छ। जिल्ला अदालतमा ३० न्यायाधीशको स्थान रिक्त भए पनि आन्तरिक ज्येष्ठता बाहेकका अन्य प्रतिस्पर्धीको लिखित परीक्षाको नतिजा न्याय सेवा आयोगले सार्वजनिक गरिसकेको छैन। आन्तरिक ज्येष्ठताका आठ जनाको हकमा भने परिषदले निर्णय गर्न सक्ने अवस्था छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell