PahiloPost

Nov 6, 2024 | २१ कात्तिक २०८१

दशौँ नम्वरमा ब्याटिङ गर्दै नटआउट ४२ रन बनाएका करण 'म्यान अफ दि म्याच'



पहिलोपोस्ट

दशौँ नम्वरमा ब्याटिङ गर्दै नटआउट ४२ रन बनाएका करण 'म्यान अफ दि म्याच'
फोटो : रमन शिवाकोटी

काठमाडौं : डिभिजन टू अन्तर्गत क्यानडा विरुद्धको खेलमा दशौँ नम्वरमा ब्याटिङ गर्दै नटबउट ४२ रन बनाएका नेपालका करण केसी म्यान अफ दी म्याच घोषित भएका छन्।

नेपालले १९५ रनको टार्गेट अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्दै करणले अन्तिम बलमा विजयी रन प्रहार गरेका थिए।

४२.१ ओभरमा १४४-९ को अवस्थामा रहेको नेपाललाई करणले सन्दीप लामिछानेसँग दशौँ विकेटका लागि ५१ रनको साझेदारी गर्दै ऐतिहासिक जित दिलाए। नेपालको जितमा दशौँ नम्वरमा ब्याटिङ गरेका करणले ३१ बल खेल्दै ३ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ४२ रन बनाए। यस्तै एघारौँ नम्वरमा ब्याटिङ गरेका सन्दीपले १८ बल खेल्दै नटआउट ५ रनको योगदान गरे।

करणले बलिङमा १ विकेट समेत लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell