PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

११औँ संस्करणको आइपीएल उद्घाटन खेलमा मुम्बई र चेन्नाई भिड्ने



पहिलोपोस्ट

११औँ संस्करणको आइपीएल उद्घाटन खेलमा मुम्बई र चेन्नाई भिड्ने

इन्डियन प्रिमियर लिग (आइपीएल)को ११औँ संस्करणको उदघाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्स भिड्ने भएका छन्।

उद्घाटन खेल अप्रिल ७ मा मुम्बईमा हुनेछ। यस्तै लिग चरणको अन्तिम खेल मे २० मा चेन्नाई र किंग्स एलेभेन पञ्जावबीच हुनेछ। फाइनल खेल मे २७ मा हुनेछ।

आइपीएलले जारी गरेको खेल तालिका अनुसार १२ दिन दुई खेल हुनेछ भने अन्य दिन एक खेल हुनेछ। दुई खेल रहेको दिन पहिलो खेल ४ बजे र दोस्रो खेल ८ बजे सुरु हुनेछ। यसअघि समय फेरबदल गर्ने भनिएपनि आइपीएलले पुरानै खेल समयलाई यथावत राख्नै निर्णय गरेको हो।

लिग चरणको ५६ मध्ये ४४ खेल बेलुका हुनेछ भने १२ खेल दिउँसो सुरु हुनेछ।

उद्घाटनसँगै पहिलो क्वालिफायर र फाइनल खेल पनि मुम्बईमा हुनेछ। आइपीएलमा प्लेअफ र फाइनलसहित कूल ६० खेल हुनेछ। प्लेअफका चार वटै खेल बेलुका हुनेछ।

११औँ संस्करणमा साविक विजेता मुम्बईसँगै दुई वर्ष पछि फर्कएका चेन्नाई र राजस्थान रोएल्स, कोलकता नाइट राइडर्स, दिल्ली डेयरडेभिल्स, रोएल च्यालेन्जर्स बैंगलोर, किंग्स एलेभेन पञ्जाव र सनराइजर्स हेदरावादले प्रतिस्पर्धा गर्नेछन्।

११औँ संस्करणका लागि दिल्लीले नेपालका सन्दीप लिमछानेलाई समेत टिममा राखेको छ। जनवरीमा भएको अक्सनमा दिल्लिले सन्दीपलाई २० लाख भारु बेस प्राइजमा खरिद गरेको हो। सन्दीप आइपीएलमा छनोट हुने पहिलो नेपाली खेलाडी हुन्। अब उनले दिल्लीका लागि खेलेमा आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुनेछन्।

दिल्लीले आफ्नो पहिलो खेल पञ्जावसँग अप्रिल ८ मा खेल्नेछ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell