काठमाडौं : बन्द रहेको गेटसामु निलो त्रिपालमुनि बुर्का लाएका महिलाहरु। तिनका काखमा खेलिरहेका बच्चा। नजिकै झोक्राएर बसेका पुरुषहरु। सधै सुनसान हुने यो ठाउँ एकाएक भरिएको छ। गेटमा पुगेर बालबालिकाहरु ढकढक्याइरहेका छन् - भित्र आउन दिनुस्। गेट भित्रबाट आवाज आउँछ - ‘हामी भित्र छिर्न दिन्नौं। जे गर्छौ गर।’
यो दृश्य हो राष्ट्रसंघीय शरणार्थी आयोग (युएनएचसीआर)को काठमाडौं स्थित कार्यालय अगाडिको। धर्नामा रहेकाहरु हुन् म्यानमारबाट चोरीको बाटो हुँदै नेपाल भित्रिएका रोहिंगाहरु।
बाहिरबाट रोहिंगा शरणार्थी साहिद हुल अमिन अनुरोध गर्छन्, ‘बच्चाहरुलाई धेरै गाह्रो भएको छ। पिसाब फेर्न र पानी खान दिनुस्।’
न त गेट खुल्छ, न कुनै जवाफ नै आउँछ।
बालबालिकाका हातमा युएनएचसिआरलाई लेखेको निवेदन छ। ५० भन्दा बढी परिवार बसेको धर्नामा महिला र पुरुष भन्दा बढी ५ वर्षमुनिका अवोधहरु छन्।
+++
म्यानमारमा वौद्धमार्गी र मुस्लिम समुदायबीच हिंसा भड्किएको लामो समय भइसकेको छ। रोहिंगा समुदायका मानिसहरु हिंसाकै कारण ५० लाखभन्दा बढी विस्थापित भइसकेका छन्। बंगलादेश, थाइल्याण्ड, साउदी अरेविया, पाकिस्तान र मलेसियाजस्ता देशहरुमा उनीहरु शरणार्थीका रुपमा पुगेका छन्।
गएको सात महिनामा मात्रै ६ लाख भन्दा बढी रोहिंगा समुदायका मानिसहरु म्यानमारदेखि विस्थापित भए। त्यसैगरी सरकारी सेनाको आक्रमणमा हजारौँ मारिए।
ठूलो सङ्ख्यामा रोहिंगा समुदायका मानिसहरु मारेको उनीहरुको आरोप छ। म्यानमारबाट भागेर आउने क्रममा बंगलादेशको नदीमा डुबेर ज्यान गुमाउने उत्तिकै छन्।
ज्यान जोगाउनकै लागि बंगलादेशबाट भारतको बाटो हुँदै नेपाल छिर्ने रोहिंगाहरुको सङ्ख्या ठूलो छ। तर, यस विषयमा नेपाल सरकारले कुनै वास्ता गरेको छैन।
+++
बंगलादेश र म्यानमारका कुटनीतिक अधिकारीहरु रोहिंगा शरणार्थीलाई म्यानमार नै फिर्ता पठाउने पहल गरिरहेका छन्। बंगलादेशले रोहिंगा फिर्ता पठाउने पहल गरिरहँदा नेपालमा भने रोहिंगा भित्रिरहेका छन्।
नेपालमा सुरक्षित बसोबासको व्यवस्था मिलाउन माग गर्दै युएनएचसिआरमा धर्ना दिइरहेका छन्। नेपाल भित्रिएकाहरु म्यानमार फर्किने 'मुड'मा छैनन्। युएनएचसिआर अगाडिको धर्ना त्यसैको संकेत हो।
+++
कपन बालुखानी स्थित राममन्दिर नजिक रोहिंगाहरु ७ वर्षदेखि बस्दै आएका छन्। कपन बंगलामुखीमा उनीहरुले बनाएको सेल्टर साँघुरो भइसकेको छ। केही रोहिंगा त्यहाबाट नजिकैको बस्तीमा बस्न थालेका छन्। त्यहाँ पनि नअटाएपछि अर्को गन्तब्यको रुपमा उनीहरुले हात्तीगौडा रोजेका छन्।
हात्तीगौडामा ८ रोपनी जग्गाको लागि ५ वर्षको सम्झौता गरेका छन् शरणार्थीले। वार्षिक १ लाख ६० हजार तिर्ने सहमति भएको छ।
सहमतिपछि उनीहरुले हात्तीगौडामा टहरा बनाउन थाले। त्यसपछि स्थानीय प्रशासनको रोक्यो। युएनएचसिआरबाट अनुमति लिएरमात्र बस्न दिने शर्त स्थानीय प्रशासनबाट आयो।
उनीहरु युएनएचसिआरमा अनुमति लिन आए। ‘जे गर्छौ गर। जहाँ गएर बस्छौ बस। हामीलाई मतलब छैन। हामी तिमीहरुलाई कुनै सहयोग गर्दैनौं,’ युएनएचसिआरका अधिकारीलाई उदृत गर्दै साहिद हुल अमिनले भने।
युएनएचसिआरबाट अनुमति लिन उनीहरु महिनौं धाइसके। युएनएचसिआरले अनुमती दिएन। अर्कोतिर रोहिंगाहरु थपिनेक्रम जारी छ। बस्ने ठाउँको अभाव भयो। पछिल्लो समय आएका अधिकांशले युएनएचसिआरबाट शरणार्थी परिचयपत्र पाएनन्।
सोही कारण सुरक्षित बस्ने व्यवस्था मिलाउनु पर्ने र शरणार्थी परिचय पाउनुपर्ने माग राख्दै धर्नामा आएका छन्।
+++
म्यानमारबाट अगस्ट २५ देखि अहिलेसम्म ६ लाखभन्दा बढी रोहिंगाहरु बंगलादेश छिरिसकेका छन्। बंगलादेशमा भएका ६ लाख रोहिंगाहरु मध्ये ४ लाखभन्दा बढी बच्चाहरु नै छन्। बंगलादेश हुँदै भारतमा छिर्नेहरु ५० हजारभन्दा बढी नाघिसके।
म्यानमारमा अझै पनि हिंसा साम्य छैन्। सोही कारण बंगलादेशमा रहेकाहरु म्यानमार फर्कने पक्षमा छैनन्। बंगलादेशले शरणार्थीहरुलाई आफ्नो देशमा नराख्ने नीति राखेको कारण पनि बंगलादेशमा रहेका शरणार्थीहरु 'सेफ ल्यान्डिङ'को रुपमा नेपाल आइरहेका छन्।
तत्कालका लागि समस्या नदेखिए पनि दीर्घकालीन समस्या हुनसक्ने रोहिंगा शरणार्थीको विषयमा सरकारले कुनै ध्यान दिएको छैन।
+++
गत अगस्ट यता म्यानमारमा हिंसा बढेपछि बंगलादेश हुँदै भारतलाई ‘ट्रान्जिट’ बनाएर रोहिंगा शरणार्थी नेपाल आउने क्रम बढ्दो छ।
सन् २०१२ देखि अहिलेसम्म कपनमा मात्रै पाँच सयभन्दा बढी शरणार्थीहरु बसोबास गरिरहेका साहिद हुल अमिन बताउँछन्। तर, सङ्ख्या भने यकिन छैन्।
अधिकांश नेपाल आउनेहरु म्यानमारमा फर्किने आश मारेर आएको बताउँछन्।
युनएचसीआर प्रांगणमा भेटिएका अमिन भन्छन्, ‘बंगलादेशभन्दा सुरक्षित र शान्त यहीँ छ। म्यानमार मर्नु छ र फर्कनु? बाँच्न मन हुनेहरु आउने नेपाल नै हो।’
त्यस्तै अबुद टाकरे भन्छन्, ‘अहिले हामीलाई फिर्ता बोलाउने समाचार पढेको हो। तर, हामी नेपाल छोडेर जान्नौँ। बल्ल-बल्ल ज्यान जोगाएर आएका छौँ फैरि मर्नलाई जान्नौँ। मर्नुपरे नेपालमै मर्छौँ।’
कपन क्याम्पमा बस्दै आएका अमिनका अनुसार अझै रोहिंगाहरु नेपाल आउँदैछन्। ज्यान बचाउनको लागि नेपाल आउनुको विकल्प नभएको उनको तर्क छ।
अवैधानिक रुपमा बसोबास गरिरहेको रोहिंगाहरुको बारेमा सरकार मौन छ। दिनानुदिन उनीहरु भित्रिरहेका छन्। रोहिंगाको कदम रोक्न नयाँ बनेको सरकारले के गर्छ त्यो हेर्न बाँकी छ।
समबन्धित समाचार
यो दृश्य हो राष्ट्रसंघीय शरणार्थी आयोग (युएनएचसीआर)को काठमाडौं स्थित कार्यालय अगाडिको। धर्नामा रहेकाहरु हुन् म्यानमारबाट चोरीको बाटो हुँदै नेपाल भित्रिएका रोहिंगाहरु।
बाहिरबाट रोहिंगा शरणार्थी साहिद हुल अमिन अनुरोध गर्छन्, ‘बच्चाहरुलाई धेरै गाह्रो भएको छ। पिसाब फेर्न र पानी खान दिनुस्।’
न त गेट खुल्छ, न कुनै जवाफ नै आउँछ।
बालबालिकाका हातमा युएनएचसिआरलाई लेखेको निवेदन छ। ५० भन्दा बढी परिवार बसेको धर्नामा महिला र पुरुष भन्दा बढी ५ वर्षमुनिका अवोधहरु छन्।
+++
म्यानमारमा वौद्धमार्गी र मुस्लिम समुदायबीच हिंसा भड्किएको लामो समय भइसकेको छ। रोहिंगा समुदायका मानिसहरु हिंसाकै कारण ५० लाखभन्दा बढी विस्थापित भइसकेका छन्। बंगलादेश, थाइल्याण्ड, साउदी अरेविया, पाकिस्तान र मलेसियाजस्ता देशहरुमा उनीहरु शरणार्थीका रुपमा पुगेका छन्।
गएको सात महिनामा मात्रै ६ लाख भन्दा बढी रोहिंगा समुदायका मानिसहरु म्यानमारदेखि विस्थापित भए। त्यसैगरी सरकारी सेनाको आक्रमणमा हजारौँ मारिए।
ठूलो सङ्ख्यामा रोहिंगा समुदायका मानिसहरु मारेको उनीहरुको आरोप छ। म्यानमारबाट भागेर आउने क्रममा बंगलादेशको नदीमा डुबेर ज्यान गुमाउने उत्तिकै छन्।
ज्यान जोगाउनकै लागि बंगलादेशबाट भारतको बाटो हुँदै नेपाल छिर्ने रोहिंगाहरुको सङ्ख्या ठूलो छ। तर, यस विषयमा नेपाल सरकारले कुनै वास्ता गरेको छैन।
+++
बंगलादेश र म्यानमारका कुटनीतिक अधिकारीहरु रोहिंगा शरणार्थीलाई म्यानमार नै फिर्ता पठाउने पहल गरिरहेका छन्। बंगलादेशले रोहिंगा फिर्ता पठाउने पहल गरिरहँदा नेपालमा भने रोहिंगा भित्रिरहेका छन्।
नेपालमा सुरक्षित बसोबासको व्यवस्था मिलाउन माग गर्दै युएनएचसिआरमा धर्ना दिइरहेका छन्। नेपाल भित्रिएकाहरु म्यानमार फर्किने 'मुड'मा छैनन्। युएनएचसिआर अगाडिको धर्ना त्यसैको संकेत हो।
+++
कपन बालुखानी स्थित राममन्दिर नजिक रोहिंगाहरु ७ वर्षदेखि बस्दै आएका छन्। कपन बंगलामुखीमा उनीहरुले बनाएको सेल्टर साँघुरो भइसकेको छ। केही रोहिंगा त्यहाबाट नजिकैको बस्तीमा बस्न थालेका छन्। त्यहाँ पनि नअटाएपछि अर्को गन्तब्यको रुपमा उनीहरुले हात्तीगौडा रोजेका छन्।
हात्तीगौडामा ८ रोपनी जग्गाको लागि ५ वर्षको सम्झौता गरेका छन् शरणार्थीले। वार्षिक १ लाख ६० हजार तिर्ने सहमति भएको छ।
किन बस्नु पर्यो त धर्ना?
सहमतिपछि उनीहरुले हात्तीगौडामा टहरा बनाउन थाले। त्यसपछि स्थानीय प्रशासनको रोक्यो। युएनएचसिआरबाट अनुमति लिएरमात्र बस्न दिने शर्त स्थानीय प्रशासनबाट आयो।
उनीहरु युएनएचसिआरमा अनुमति लिन आए। ‘जे गर्छौ गर। जहाँ गएर बस्छौ बस। हामीलाई मतलब छैन। हामी तिमीहरुलाई कुनै सहयोग गर्दैनौं,’ युएनएचसिआरका अधिकारीलाई उदृत गर्दै साहिद हुल अमिनले भने।
युएनएचसिआरबाट अनुमति लिन उनीहरु महिनौं धाइसके। युएनएचसिआरले अनुमती दिएन। अर्कोतिर रोहिंगाहरु थपिनेक्रम जारी छ। बस्ने ठाउँको अभाव भयो। पछिल्लो समय आएका अधिकांशले युएनएचसिआरबाट शरणार्थी परिचयपत्र पाएनन्।
सोही कारण सुरक्षित बस्ने व्यवस्था मिलाउनु पर्ने र शरणार्थी परिचय पाउनुपर्ने माग राख्दै धर्नामा आएका छन्।
+++
रोहिंगाहरुको ‘सेफ ल्याण्डिङ’ नेपाल
म्यानमारबाट अगस्ट २५ देखि अहिलेसम्म ६ लाखभन्दा बढी रोहिंगाहरु बंगलादेश छिरिसकेका छन्। बंगलादेशमा भएका ६ लाख रोहिंगाहरु मध्ये ४ लाखभन्दा बढी बच्चाहरु नै छन्। बंगलादेश हुँदै भारतमा छिर्नेहरु ५० हजारभन्दा बढी नाघिसके। म्यानमारमा अझै पनि हिंसा साम्य छैन्। सोही कारण बंगलादेशमा रहेकाहरु म्यानमार फर्कने पक्षमा छैनन्। बंगलादेशले शरणार्थीहरुलाई आफ्नो देशमा नराख्ने नीति राखेको कारण पनि बंगलादेशमा रहेका शरणार्थीहरु 'सेफ ल्यान्डिङ'को रुपमा नेपाल आइरहेका छन्।
तत्कालका लागि समस्या नदेखिए पनि दीर्घकालीन समस्या हुनसक्ने रोहिंगा शरणार्थीको विषयमा सरकारले कुनै ध्यान दिएको छैन।
+++
म्यानमार फर्किने मुडमा छैनन् रोहिंगा
गत अगस्ट यता म्यानमारमा हिंसा बढेपछि बंगलादेश हुँदै भारतलाई ‘ट्रान्जिट’ बनाएर रोहिंगा शरणार्थी नेपाल आउने क्रम बढ्दो छ। सन् २०१२ देखि अहिलेसम्म कपनमा मात्रै पाँच सयभन्दा बढी शरणार्थीहरु बसोबास गरिरहेका साहिद हुल अमिन बताउँछन्। तर, सङ्ख्या भने यकिन छैन्।
अधिकांश नेपाल आउनेहरु म्यानमारमा फर्किने आश मारेर आएको बताउँछन्।
युनएचसीआर प्रांगणमा भेटिएका अमिन भन्छन्, ‘बंगलादेशभन्दा सुरक्षित र शान्त यहीँ छ। म्यानमार मर्नु छ र फर्कनु? बाँच्न मन हुनेहरु आउने नेपाल नै हो।’
त्यस्तै अबुद टाकरे भन्छन्, ‘अहिले हामीलाई फिर्ता बोलाउने समाचार पढेको हो। तर, हामी नेपाल छोडेर जान्नौँ। बल्ल-बल्ल ज्यान जोगाएर आएका छौँ फैरि मर्नलाई जान्नौँ। मर्नुपरे नेपालमै मर्छौँ।’
कपन क्याम्पमा बस्दै आएका अमिनका अनुसार अझै रोहिंगाहरु नेपाल आउँदैछन्। ज्यान बचाउनको लागि नेपाल आउनुको विकल्प नभएको उनको तर्क छ।
अवैधानिक रुपमा बसोबास गरिरहेको रोहिंगाहरुको बारेमा सरकार मौन छ। दिनानुदिन उनीहरु भित्रिरहेका छन्। रोहिंगाको कदम रोक्न नयाँ बनेको सरकारले के गर्छ त्यो हेर्न बाँकी छ।
समबन्धित समाचार
म्यानमारमा गोली चल्दा कपनमा रुवावासी! म्यानमार हिंसाको यस्तो छ नेपाल कनेक्सन
म्यानमार हिंसाको नेपाल नाता : ७ वर्षमै जेल परेका आलम भन्छन् : नेपाल हाम्रा लागि स्वर्ग
ज्यान जोगाउँदै म्यानमारबाट अनायास छिरेका नुर जो नेपालकै ज्वाइँ बने
म्यान्मारबाट कपन पुगेका सलिमलाई सपनामा पनि लखेट्छ उताको हिंसाले
राम सुन्दरको शरणमा म्यानमारका मुस्लिम शरणार्थी
एक महिना नपुग्दै ३७ रोहिंगाहरु नेपाल छिरे, गृह मन्त्रालय भन्छ : कोही छिरेको छैन
रोहिंगाको टार्गेट नेपालः 'भित्रिँदै रोहिंगा, नजरअन्दाज गर्दै सरकार'