PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शैलीको नाम हटाउँदा डा केसीको आपत्ति



पहिलोपोस्ट

शैलीको नाम हटाउँदा डा केसीको आपत्ति

काठमाडौं: चिकित्सा शिक्षा आयोगको लागि सरकारले मनोनयन गरेको सूचीमा डाक्टर गोविन्द केसीले आपत्ति जनाएका छन्।

चिकित्सा शिक्षा आयोगको सदस्यहरुको लागि सूची तयार गर्नु पहिले सबै विधालाई समट्ने गरी प्रतिनिधि राख्न सहमति भएपनि सहमति कार्यान्वयन नभएको डा केसीको आरोप छ। सदस्यहरुको निर्णय भएर आउँदा डेन्टिष्ट्री विधा तर्फबाट शैली प्रधानको नाम हटेको छ। 

यही विषयमा गम्भिर त्रुटी भएको भन्दै डा केसीले नाम थप्न सरकारसँग आग्रह गरेका छन्।

स्रोतका अनुसार पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराले शैली प्रधानको नाम हटाएर आफन्त पर्ने विजया केसीको नाम राखेका हुन्। 

चिकित्सा शिक्षा आयोगमा चुनिएका सदस्य


डा सिर्जना श्रेष्ठ
चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन डाक्टर जगदिशप्रसाद अग्रवाल
नेपाल नर्सिङ एसोसिएसनको अध्यक्ष तारा पोखरेल
नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ
एसोसिएसन अफ हेल्थ प्रोफेसन एजुकेशनिष्टका अध्यक्ष डाक्टर शेखरबाबु श्रेष्ठ
पूर्व न्यायाधीश* गौरीबहादुर कार्की 
पूर्व स्वास्थ्य सचिव विजया केसी

*यसअघि गौरीबहादुर कार्कीको परिचयमा पूरव् न्यायाधीश हुनुपर्नेमा पूर्व प्रधान्यायाधीश भएकोमा सच्चयाइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell