PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

एकै व्यक्तिलाई चार पटकसम्मको फाँसीको सजाय



पहिलोपोस्ट

एकै व्यक्तिलाई चार पटकसम्मको फाँसीको सजाय
प्रतीकात्मक तस्विर

लाहोरः पाकिस्तानको एक अदालतले शनिबार एक व्यक्तिलाई फाँसीको सजाय दिएको छ। अदालतले ती व्यक्तिलाई चार पटकसम्मको फाँसीको सजाय सुनाएको हो। एक बालिकाको बलात्कार र त्यसपछि हत्या गरेको आरोपमा फाँसी दिइएको थियो।

इम्रान अलि नामक २४ वर्षीय यी व्यक्तिले छ वर्षीया एक बालिकालाई बलात्कार गर्नुका साथै उनको हत्या गरेका थिए।

शहरको पूर्वी भागमा छ वर्षीया जाइनाब फतिमा नाम गरेकी ती बालिकाको गत महिना बलात्कार र हत्या भएको थियो।

फाँसीको सजाय पाएका ती व्यक्तिलाई पञ्जाव शहरमा कम्तीमा सात बालिकालाई आक्रमण गरेको र हत्या गरेको आरोप लागेको थियो। तीमध्ये पाँच बालबालिकाको हत्या गरेको आरोप उनीमाथि लागेको थियो।

अलिलाई छुट्टाछुट्टै चार वटा आरोपको मृत्युदण्डको सजाय भएको थियो। जाइनाबको बलात्कार र हत्यालगायत अलिलाई आतङ्ककारीवादको समेत आरोप पञ्जाव प्रान्तका न्यायाधीश इहतेशाम कादिरले बताए। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell