PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

प्रचण्ड माओवादी केन्द्रको संसदीय दलको नेता चयन



पहिलोपोस्ट

प्रचण्ड माओवादी केन्द्रको संसदीय दलको नेता चयन

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई औपचारिक रुपमा संसदीय दलको नेता चयन गरेको छ। आइतबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको पहिलो बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो। 

‘संसदीय दलको पहिलो बैठक सम्पन्न भएको छ। पहिलो बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ’ माओवादी केन्द्रका सांसद् अमनलाल मोदीले भने।

संसद्को तेस्रो ठूलो दल माओवादीमा ५३ सांसद् छन्। माओवादीले प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ सांसद् जितेको छ। 

यसैबीच संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक विषयमा सांसद्हरुलाई जानकारी गराएका छन्। उनले पार्टी एकता प्रक्रिया सकरात्मक रहेको पनि दलको बैठकमा सांसद्हरुलाई जानकारी गराएका छन्। एकता प्रक्रियाका विषयबस्तुबारे भने प्रचण्डले सांसद्हरुलाई ब्रिफिङ गरेनन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell