PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

चितवनमा सडक दुर्घटना : अर्का वडाध्यक्षको पनि मृत्यु, फरार चालक पक्राउ



रासस

चितवनमा सडक दुर्घटना : अर्का वडाध्यक्षको पनि मृत्यु, फरार चालक पक्राउ

रत्ननगर: चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा गएराति भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका खैरहनी नगरपालिकाका वडाध्यक्षको आज उपचारका क्रममा मृत्यु भएको छ। 

चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान १०:१५ बजे खैरहनी नगरपालिका –४ का वडाध्यक्ष नरेन्द्र अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। 

गएराति ८:३० बजे भएको सो दुर्घटनामा परी सोही नगरपालिका –५ का वडाध्यक्ष विश्वविजय बस्नेतको राति नै मृत्यु भएको थियो। 

खैरहनीबाट रत्ननगरतर्फ आउँदै गरेको ना३च ९८४० नंको तरकारी बोक्ने पिकअप भ्यान र विपरीत दिशाबाट जाँदै गरेको खैरहनी नगरपालिकाको बा२झ १३४४ नंको गाडी एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो। 

दुर्घटनामा घाइते भएका एकजना सवारी चालक खैरहनी–१२ का राजकुमार अधिकारीको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

फरार रहेका तरकारी बोक्ने गाडीका चालक सुमन अर्याल चितवनको सूर्यपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell