PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लापरवाही गर्ने डाक्टरलाई छोडिदैन :  चिकित्सक संघ



पहिलोपोस्ट

लापरवाही गर्ने डाक्टरलाई छोडिदैन :  चिकित्सक संघ

काठमाडौं: डोटीका डाक्टर जितेन्द्र सिंहमाथि आक्रमण गर्नेलाई कारबाही गर्न ढिलासुस्ती गरिएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलन गर्ने चेतावनी दिएको छ। एक हप्ताभित्र माग पूरा नभए देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिने संघले जनाएको छ।

नर्भिक अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको गलत अपरेसन भएको घटनामा संघको ध्यानाकर्षण भएको संघका महासचिव लोचन कार्कीले बताएका छन्। भने, ‘बिरामी पक्षले सम्झौता गरेपनि हामी सत्यतथ्य छानबिन गरेर डाक्टरलाई हदैसम्मको कारबाही गर्छौं। लापरवाही गर्ने डाक्टरहरुलाई संघले छोड्दैन्।।’

त्यस्तै डा सिंहका आक्रमणकारीलाई कारबाही गर्न पहल गर्नुको सट्टा अनावश्यक कानूनी झन्झट दिन खोजिएको संघको आरोप छ। महासचिव कार्कीले भने ‘कपोलकल्पित आरोप लगाउनुका साथै भौतिक आक्रमण गर्ने धम्की दिएर चिकित्सकहरुको मनोबल गिराउने काम भयो। सोही कारण डोटीका चिकित्सकहरुलाई काठमाडौं बोलाइएको हो।’ 

बिरामीको आक्रमणमा परेर घाइते भएका डाक्टर सिंह दोषीलाई कारबाही नभएसम्म जिल्ला नफर्किने बताउँछन्। भन्छन् , ‘उनीहरु राजनितिक दलको सहारामा छुट्छन्। कारबाही हुदैन। अहिलेसम्म केही भएको छैन्। दोषीलाई  कारबाही नहुने हो भने हामी जिल्ला फर्कन्नौ।’ गत ९ गतेदेखि सिंह लगायत अन्य डोटी अस्पतालका डाक्टरहरु काठमाडौंमा  छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell