PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

धादिङमा ट्रक दुर्घटनाः चालकको मृत्यु, तीन जना घाइते 



पहिलोपोस्ट

धादिङमा ट्रक दुर्घटनाः चालकको मृत्यु, तीन जना घाइते 

काठमाडौँः धादिङको थाक्रे गाउँपालिका १ धारापानी खोल्सामा गएराति मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। राति साढे ११ बजे बा १ ख ९८४२ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो।

मृत्यु हुनेमा चालक धादिङ थाक्रे १ का बलबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ। तामाङको घटनास्थलमै मृत्यु भएको हो। 

ट्रकमा सवार अन्य ३ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका टीकाराम तामाङ, राजेश तामाङ र कमल तामाङलाई थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको छ। घाइतेमध्ये टीकारामको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell