PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सन् २०१७ को तथ्याङ्क सार्वजनिक : विश्व अर्थतन्त्रमा चीन थप बलियो



पहिलोपोस्ट

सन् २०१७ को तथ्याङ्क सार्वजनिक : विश्व अर्थतन्त्रमा चीन थप बलियो
Photo : http://investorsking.com

बेइजिङ : चीनको राष्ट्रिय तथ्याङ्क विभाग (एनबीसी) ले बुधबार सन् २०१७ को आर्थिक तथा सामाजिक विकास तथ्याङ्क सार्वजनिक गर्दै विश्व अर्थतन्त्रमा चिनियाँ योगदान कति रह्यो भन्ने खुलासा गरेको छ।

एनबीसीका प्रमुख तथ्याङ्कशास्त्री सेङ लियुनले आर्थिक वृद्धिदर राम्रो रहेको तथ्य प्रस्तुत गरे। राष्ट्रिय अर्थतन्त्र बलियो भएसँगै त्यसले विश्व अर्थतन्त्रमा पारेको असरसमेत चीनका लागि सकारात्मक रहेको उनले जानकारी दिए। 

विश्वको अर्थतन्त्र वृद्धिदरमा चिनियाँ भूमिका ३० प्रतिशत रह्यो सन् २०१७ मा। विश्व अर्थतन्त्रको जग धरमराइरहेको अवस्थामा चिनियाँ अर्थतन्त्रले त्यसलाई थेगेको हो। विश्व बैंकको तथ्याङ्ककै आधारमा भन्ने हो भने सन् २०१२ देखि २०१६ सम्म विश्व अर्थतन्त्रमा चिनियाँ योगदान ३४ प्रतिशत रहँदै आएको छ। यो अमेरिका, युरोपेली संघ र जापानको संयुक्त योगदानभन्दा बढी हो। 

वातावरण सुरक्षा र इन्धन जोगाउने विषयमा प्राप्त उपलब्धी, बेल्ट एन्ड रोड निर्माण, गरिवी निवारण र जनताको जीवनस्तरमा सुधारजस्ता कार्यक्रममा उपलब्धी हासिल भएको एनबीसीले जनाएको छ। चीनले सन् २०१८ मा पनि अर्थतन्त्र सबल रुपमा अगाडि बढाउने प्रक्षेपण गरेको छ।
सन् २०१७ मा विश्व अर्थ व्यवस्थामा चीनको कूल ग्राहस्थ उत्पादनको योगदान १५ प्रतिशत पुगेको छ। विश्व अर्थतन्त्रमा कूल ग्राहस्थ उत्पादनमा चीनको स्थान  दोस्रो कायम छ। पछिल्लो ५ वर्षको तुलनामा चीनले ३ प्रतिशत थप योगदान पुर्यााएको छ।   

सन् २०१७ मा चीनको कूल ग्राहस्थ उत्पादन ८ सय २७ खर्ब युआन पुगेको छ। अघिल्लो वर्षको तुलनामा यो ६.९ प्रतिशतको वृद्धि हो। एक वर्षअघिभन्दा यो ०.२ प्रतिशत माथि हो। 

चीनको आर्थिक वृद्धि गत वर्ष १२ खर्ब अमेरिकी डलर बराबर रह्यो। यसले चीनलाई विश्व अर्थतन्त्रमा थप बलियो बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell