PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

बाहिरी जिल्लाका मानिसलाई केरुङ जान रोक, जारी भएका परिचयपत्र समेत खारेज गरिने



पहिलोपोस्ट

बाहिरी जिल्लाका मानिसलाई केरुङ जान रोक, जारी भएका परिचयपत्र समेत खारेज गरिने
Photo: Xinuha

रसुवाः बाहिरी जिल्लाबाट बसाइँ सरिआएका व्यक्तिलाई चीनको केरुङ जान रोक लगाउने यहाँका जनप्रतिनिधिले निर्णय गरेका छन्। 

बाहिरी जिल्लादेखि बसाइँ सरी अध्यागमन कार्यालयबाट नेपाल-चीन सीमा क्षेत्रका बासिन्दाले केरुङबाट गैरकानुनी सामान आयात गर्न थाले पछि यस्तो निर्णय गरिएको प्रदेशसभा ३ नं अन्तर्गत रसुवाको ‘ख’ क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद प्रेमबहादुर तमाङले बताए। रसुवाको प्रतिष्ठा उच्च पार्न नवप्रवेशीको बसाइँ सराइ प्रमाण रोकी विगतमा वितरण भएका परिचयपत्र रद्द गराउने निर्णय गभएको उनले जानकारी दिए। 

तातोपानी नाका बन्द भएपश्चात् २०७२ मंसिर १५ गतेदेखि रसुवागढी नाकाबाट सामान आयात निर्यात हुन थालेको थियो। सीमा क्षेत्रका बासिन्दाका लागि प्रदान गरिने परिचयपत्र बसाइँ सराइका आधारमा पाउनेको संख्या दुई सयको हाराहारीमा रहेको अध्यागमन कार्यालय, रसुवागढीले जनाएको छ। 

चार आना जग्गा खरिद गरेको भरमा अध्यागमन कार्यालयले प्रदान गर्ने सीमापारको परिचयपत्र प्रदान कार्य बन्द गराउने र प्रदान भएका परिचयपत्र रद्द गराउने प्रक्रिया अगाडि बढाउन रसुवा जिल्लाका पाँच गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्ष, प्रतिनिधिसभा सदस्य मोहन आचार्य प्रदेश सभासद्वय प्रभात लामा र प्रेमबहादुर तमाङ समेतको सहभागितामा यस्तो निर्णय भएको हो। जनप्रतिनिधिले गरेको निर्णय कार्यान्वयन गराएरै छोड्ने जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell