PahiloPost

Sep 23, 2024 | ७ असोज २०८१

केही वर्षभित्र नेपाल विकसित देशको सूचीमा पुग्छः प्रधानमन्त्री अोली  



पहिलोपोस्ट

केही वर्षभित्र नेपाल विकसित देशको सूचीमा पुग्छः प्रधानमन्त्री अोली  

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई केही वर्षमा विकसित देशको सुचीमा राख्ने बताएका छन्। 

शिक्षण अस्पताल महाराजगञ्जमा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले केही वर्षभित्र नेपाललाई अल्पविकसित देशको सुचिबाट विकसित देशको सुचीमा पार्ने बताएका हुन्। 

‘सरकारका हरेक कदम देश विकास र समृद्धिका लागि हुनेछन्,’ उनले भने ‘सरकारले अब नेपाललाई अल्पविकसित देशबाट विकशित देशको सुचिमा उभ्याउने गर्ने गरि काम गर्छ।’

प्रधानमन्त्री ओलीले जनताले अनुभुत गर्ने गरि सरकारले देश विकास र समृद्धीको लागि काम गर्ने बताए। 

उनले समृद्धि प्राप्त भनेर मात्र नहुने भन्दै जनताको जीवन स्तरले समृद्धि पुष्टि हुनुपर्ने बताए।
 
सरकार जनउत्तदायी हुने बताउदैँ प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउने बताए। 

उनले स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा दिन समेत आग्रह गरे। ‘मेडिकल कलेज सञ्चालनमा गुणस्तरियता आवश्यकता रहेको उनको भनाइ थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell