PahiloPost

Oct 3, 2024 | १७ असोज २०८१

प्रधानमन्त्री ओली र अमेरिकी राजदुतबीच भेटवार्ता: परियोजना अघि बढाउन आग्रह



पहिलोपोस्ट

प्रधानमन्त्री ओली र अमेरिकी राजदुतबीच भेटवार्ता: परियोजना अघि बढाउन आग्रह

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनालाई तत्काल काम सुरु गर्न आग्रह गरेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा नेपालका लागि अमेरिकी राजदुत अनाइना बि.टेप्लिजसँगको भेटमा प्रधानमन्त्री ओलीले काम सुरु गर्न आग्रह गरेका हुन्। 

अमेरीकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजनाले नेपालको उर्जा र यातायात सुदृढिकरका लागि ६३० मिलेनियम अमेरिकी डलर लगानी गर्ने जनाएको थियो। 

राजदुत टेप्लिजले नेपालको विकास, सुशासन र नीतिगत सुधारमा अमेरिकाको सहयोग सदैव जारी रहने बताइन्। उनले सरकारलाई नीतिगत सुधार, सुशासन, विकास र संरचनागत परिवर्तनमा सशक्त कदम चाल्न प्रधानमन्त्रीलाई सल्लाह दिइन्। 

प्रधानमन्त्री ओलीले आफ्नो सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन, विकास र समृद्धिका लागि प्रतिवद्ध भएर काम गर्ने बताए। उनले जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रमा परेको प्रभावका विषयमा राजदुतको ध्यानआकर्षण गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell