PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु



पहिलोपोस्ट

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

रौतहटः स्थानीय इशनाथ नगरपालिकामा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ।

इशनाथ नगरपालिका–८ जोकहा गाउँमा राति करिब ८ बजे तीव्र गतिका कारण अनियन्त्रित भई बा५४प ४७१० नंको मोटरसाइकल दुर्घटना भएको थियो। दुर्घटनामा स्थानीयवासी ३० वर्षीय कमोद ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताए।

शवपरीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको तथा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक दानीले जानकारी दिए। घटनास्थल सदरमुकाम गौरबाट २० किलोमिटर पश्चिममा रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell