PahiloPost

Sep 23, 2024 | ७ असोज २०८१

एमाले मुसा होइन, तपाईँको साँचोमा पर्न : केपी ओली



पहिलोपोस्ट

एमाले मुसा होइन, तपाईँको साँचोमा पर्न : केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् प्रधान मन्त्री केपी शर्मा ओलीले देश समृद्ध बनाउने अभियान सुरु भएको बताएका छन्। झापा विद्रोहका शहीदहरुको ४५ स्मृति दिवशमा आयोजित कार्यक्रममा ओलीले समृद्धिको विषय सुन्न तयार भएर बस्न आग्रह गरे।

‘देशलाई समृद्ध बनाउने कुरा सुन्नसक्ने बानी गर्नुहोस्। सुन्ने बानी पार्नुहोस्,' प्रधान मन्त्री ओलीले भने, 'माइन्ड मेकअप गर्नुहोस्।’

बहुमत प्राप्त वाम गठबन्धन देश विकास र समृद्धिमा लाग्ने बताउँदै उनले भने, ‘विकास र समृद्धिको लागि आइटीको प्रयोग गछौँ। इ-गभरनेन्स लागू हुन्छ। रोजगारी सिर्जना हुन्छन्। यी तपाईँलाई कथा लाग्न सक्छन्। हामी नेपाली जनताका आकांक्षा पूरा गर्छौं।’

विकासको उद्देश्यबाट कहिल्यै पनि नडगमगाउने ओलीले बताए।
 
‘एमाले मुसा होइन तपाईँले थापेको साँचोमा पर्ने। महान उद्देश्य र इमानको बाटोबाट एमाले डगमगाउँदैन,’ ओलीले भने।

झापा विद्रोह सामाजिक न्याय र समानताका लागि सुरु भएको स्मरण गर्दै उनले हिंसा चाहना नभइ बाध्यता रहेको बताए। शहीदहरुले जुन उद्देश्यका लागि जीवन अर्पण गरेका थिए एमाले अहिले त्यही दिशामा अघि बढेको छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell