PahiloPost

Sep 23, 2024 | ७ असोज २०८१

प्रधानमन्त्री ओली र पाकिस्तानी समकक्षी अब्बासीबीच भेटवार्ता: ओलीलाई अब्बासीले दिए बधाई



पहिलोपोस्ट

प्रधानमन्त्री ओली र पाकिस्तानी समकक्षी अब्बासीबीच भेटवार्ता: ओलीलाई अब्बासीले दिए बधाई

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानी समकक्षी शाहीद खाकन अब्बासीबीच भेटवार्ता सुरु भएको छ। सोमबार दिउँसो पाकिस्तानी सेनाको ‘पाकिस्तान एयर फोर्स’ दिउसो चार बजे काठमाडौँ ओर्लिएका अब्बासी यतिबेला दरबारमार्गमा रहेको याक एण्ड यतिमा प्रधानमन्त्री ओलीसँग भेटवार्तामा छन्। 

भेटको सुरुवातमै पाकिस्तानी प्रधानमन्त्री अब्बासीले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई ज्ञापन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसै भेटवार्तामा सार्कलाई गति दिने विषयमा छलफल भइरहेको बताइएको छ। 

प्रधानमन्त्री ओलीले समकक्षी अब्बासीको सम्मानमा आजै साँझ याक एण्ड यतीमा रिसेप्सन पार्टीको आयोजना गरेका छन्। केही समयमा नै रिसेप्सन पार्टी सुरु हुँदै छ। 

यसअघि पाकिस्तानी प्रधानमन्त्रीको सम्मानमा सैनिक मञ्च टुँडिखेलमा सम्मान गारथ ‘गार्ड अफ अनर’ प्रधदान गरिएको थियो। उनको सम्मानमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाको टुकडीले १९ तोपको सलामी समेत अर्पण गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell