PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

सांसद चौधरीलार्इ जेलमुक्त गर्न प्रधानमन्त्रीसँग राजपाको माग



पहिलोपोस्ट

सांसद चौधरीलार्इ जेलमुक्त गर्न प्रधानमन्त्रीसँग राजपाको माग

काठमाडौंः कैलाली-१ बाट प्रतिनिधिसभामा निर्वाचित राजपाका नेता रेशमलाल चौधारीले जेल भित्रै अनसन थालेपछि राजपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल थालेका छन।
 
सोमबार बसेको संसदको बैठकपछि राजपा अध्यक्ष मण्डलका नेताहरुले प्रधानमन्त्रीसँग छलफल गरेका हुन्। राजपा नेता चौधारीलाई शपथ ग्रहणको लागि सहज बातावरण बनाउन प्रधानमन्त्रीसँग छलफल गरिएको छ।
 
‘नवाराज सिलवाललाई शपथ ग्रहण गराईयो। जनताबाट निर्वाचित रेशम चौधरीलाई पनि शपथ ग्रहणको लागि सहज बातावरण बनाउन अध्यक्ष मण्डलका सदस्यहरूले प्रधानमन्त्रीलाई आग्रह गर्नु भएको छ’ राजपाका महासचिव केशर झाले भने, 'जनताबाट निर्वाचित एउटा सांसद सपथ खाने अर्को जेलमा अनसन बस्नुपर्ने अवस्था अाउनु दुःखद छ, उहाँलार्इ जेलमुक्त गर्न पहल गर्न अाग्रह गरेका छौँ।'

उनले सांसद चौधरीलार्इ झुट्टा मुद्दामा फसाइएको भन्दै मुद्दा फिर्ता नलिए अान्दोलन गर्ने चेतानवी समेत दिए। 

प्रधानमन्त्री ओलीले यस विषयमा आफुले छलफल गर्ने प्रतिक्रिया दिएको उनले जानकारी दिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell