PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

दिदी बहिनी कप महिला भलिबल : न्यू डायमण्ड र एपीएफ उपाधिका लागि भिड्ने



पहिलोपोस्ट

दिदी बहिनी कप महिला भलिबल : न्यू डायमण्ड र एपीएफ उपाधिका लागि भिड्ने

पर्वत : साबित्री कन्चनजंगा दोश्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताकोफ उपाधिका लागि चिरपरिचित प्रतिस्पर्धी शिवम् न्यू डायमण्ड एकेडेमी र एपीएफ भिड्ने भएका छन्।

बुधवार बडगाउस्थित सशस्त्र प्रहरी बलको कोर्टमा भएको पहिलो सेमिफाइनलमा न्यू डायमण्डले नेपाल पुलिसलाई ३–१ को सेटमा हरायो भने दोस्रो सेमिफाइनलमा एपीएफले आर्मीलाई सोझो सेटमा पराजित गर्‍यो।

न्यू डायमण्डले नेपाल पुलिसलाई २५–१८, २१–२५, २५–२१, २५–१९ को सेटमा पराजित गर्‍यो।

यसैगरी विभागीय भिडन्तमा एपीएफले आर्मीलाई २५–९,२५–२१, २५–२१ को सेटमा हरायो।

यसअघि बुधवारै भएको अन्तिम लिग खेलमा पुलिसले आयोजक टिमलाई २५–७,२५–१, २५–८ को  सेटमा पराजित गर्दै समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो। त्यस्तै समूह ए को अन्तिम लिग खेलमा नेपाल आर्मीले पश्चिमाञ्चललाई २५–१७, २५–२१, २५–२० को सेटमा हराउँदै उपविजेताको हैसियतमा अन्तिम चारमा स्थान बनाएको थियो।

हारपछि आयोजक दीदिबहिनीको टिम र पश्चिमाञ्चल लिग चरणबाट बाहिरिएका छन् भने पुलिस र आर्मीले तेश्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

बिहिवार हुने फाइनल खेलको विजेताले १ लाख, उपविजेताले ६० हजार र तेश्रो हुनेले ४० हजार नगदसहित ट्रफी, मेडल प्राप्त गर्नेछन्। यस्तै सर्वोकृष्ट खेलाडीले नगद १० हजार हात पार्नेछन् भने भने उत्कृष्ट स्पाईकर, सेटर, ब्लकर, क्विकर, सर्भरले ५-५ हजार प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell