PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



पहिलोपोस्ट

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

उर्लाबारीः मोरङको मिक्लाजुङ गाउँपालिका–९ स्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा बुधबार साँझ मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।

उर्लाबारीबाट मधुमल्लातर्फ जाँदै गरेको मे ८ प ७८५० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया यशोदा पौडेलको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

मोटरसाइकल र त्यसका चालक उर्लाबारी–७ बस्ने २६ वर्षीय दिनेश खड्का सामान्य घाइते भएपछि उपचारपश्चात् नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell