PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

काम गर्न नसक्ने र भोकै पर्नेको जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री ओली



पहिलोपोस्ट

काम गर्न नसक्ने र भोकै पर्नेको जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको अब कुनै पनि नेपाली भोकै नपर्ने दाबी गरेका छन्। बिहिवार काठमाडौंको भृकुटीमण्डपमा आयोजित अन्तरार्ष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै ओलीले समृद्धि र विकासका लागि नयाँ नारा अगाडी सारेको बताए। 

प्रधानमन्त्री ओलीले भने, 'कोही भोकै पर्दैन, कोही भोकै मर्दैन' यही नाराअनुसार काम गर्छ सरकारले।' ओलीले थपे, 'कोही भोको पर्यो र मर्यो भने यसको जिम्मेवारी सरकारले लिन्छ।'  त्यसैगरी प्रधानमन्त्री ओलीले काम गर्न सक्नेलाई काम गर्न आग्रह गर्दै काम गर्न नसक्नेलाई सरकारले हेर्ने प्रतिवद्धता जनाए।

प्रधानमन्त्री ओलीले अबको समय देश विकासको समय भएको बताए। प्रधानमन्त्री ओलीले अबको सरकारले शुरु गर्ने विकास निर्माणका काम नरोकिने दावी गरेका छन्। उनले भने, 'पहिलेका प्रधानमन्त्रीले जस्तै एउटै पुलको दुई देखि तीनपटक सम्म शिलन्यास गर्ने अवस्था आउदैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell