काठमाडौं : नेपाली नम्वर वान गोलकिपर किरण चेम्जोङ सम्मिलित टोली मिनेर्भा पञ्जावले भारतीय आइ लिगको उपाधि जितेको छ।
बिहीवार भएको अन्तिम लिग खेलमा चर्चिल ब्रदर्शलाई १-० ले पराजित गर्दै मिनेर्भाले यो सिजनको लिग च्याम्पियन बनेको हो।
घरेलु मैदान तउ देवी लाल स्टेडियममा भएको खेलमा मिनेर्भालाई जित दिलाउन १६औँ विलियम ओपोकुले गरेको गोल निर्णायक बन्यो।
लिगको १८ खेलबाट ३५ अंक जोड्दै मिनेर्भाले उपाधि जितेको हो।
नेपालकै अर्का खेलाडी विमल घर्ती मगरको टोली मोहन बगान भने अन्तिम खेलमा गोकुलम केरलासँग १-१ को बराबरीमा रोकियो।
किरण गत जनवरीमा मिनेर्भा पञ्जावमा अनुबन्ध भएका थिए। त्यतिखेर पञ्जावले ९ खेलबाट २२ अंक जोडेको थियो। किरण क्लबमा अनुबन्ध भएपछि मिनेर्भाले ९ खेलबाट १३ अंक जोड्यो।
मिनेर्भा आइ लिगको सेकेण्ड डिभिजनमा सन् २०१५-१६ सिजनको रनरअफ हो।