PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने



पहिलोपोस्ट

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

काठमाडौँः प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा सभामुख पदमा उम्मेदवारी नदिने भएको छ। यसअघि राष्ट्रपतिमा उम्मेदवारी दिएको कांग्रेसले सभामुखमा भने उम्मेदवारी नदिने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रका शर्माले बताए। 

शर्माले भने ‘सभामुखमा नेपाली कांग्रेसले उम्मेदवारी दिँदैन। सभामुख सिंगो सदनको नेता भएकोले कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको हो।’

सभामुख चयनका लागि शनिबार निर्वाचन हुँदैछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell