काठमाडौं: एक पूर्व गोर्ख सैनिकको हत्या अभियोगमा बेलायतको एक अदालतले सुनमाया तामाङलाई ८ वर्षको जेल सजाय सुनाएको छ।
७५ वर्षीया पूर्व सैनिक लिम्बुलाई ५१ वर्षीया तामाङले गत वर्षको मार्च १० मा ह्यामसायरमा हत्या गरेको प्रहरीले जनाएको छ।
हत्यापछि उनले लिम्बुको शव भान्छाकोठामा लगेर लुकाएका थिए।
हत्यालगत्तै खुकुरी लिएर लिम्बुको घर पुगेकी उनले लिम्बुकी श्रीमतीलाईसमेत धम्क्याएकी थिइन्।
लिम्बुलाई तामाङकै फ्ल्याटमा अचेत अवस्थामा भेटेपछि तामाङका छोराछोरीले प्रहरीलाई खबर गरेका थिए। पछि उनलाई चिकित्सक टोलीले मृत घोषित गरेको थियो।
तामाङले आफूले हत्या गरेको नोटसमेत लेखेकी थिइन्। उक्त नोटमा लेखिएको थियो- यो मानिस मेरो घरमा आयो। ढोका ढकढकायो र मलाई हमला गर्यो। त्यसको जवाफ दिँदा यस्तो भयो। यसमा मेरो छोराछोरीको केही दोष छैन्।